स्मार्टफोनको प्रयोगले निम्त्याउन सक्छ यस्तो खतरा « Khabarhub

स्मार्टफोनको प्रयोगले निम्त्याउन सक्छ यस्तो खतरा


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रविधिमैत्री बनिरहेको विश्वमा आजकल स्मार्टफोनको प्रयोग ह्वातै बढेको छ ।

स्मार्टफोन प्रयोगको लत लागेका कारण हरहमेशा फोन चलाइरहने प्रयोगकर्तामा यसको कुलत यतिसम्म हुन्छ कि मानिस बिना फोन शौचालय जान समेत सक्दैनन् र खानपान समेत बिर्सिन्छन् ।

यसरी स्मार्टफोनको अत्याधिक प्रयोग गर्दा यसले स्वास्थ्यमा नकारात्मक असर पार्ने चिकित्सक बताउँछन् । स्मार्टफोनको धेरै प्रयोग गर्नेमा के कस्ता रोगको सम्भावना रहन्छ त ?

क्यान्सर तथा मुटुरोग

अत्याधिक मात्रामा स्मार्टफोनको प्रयोग गर्ने मानिसमा यसबाट निस्कने रेडिएसनले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याई क्यान्सर तथा मुटुरोग जस्ता घातक रोग लाग्ने सम्भावना हुन्छ । अझ स्मार्टफोन प्रयोगको लत बसेका मानिसमा हृदयघात समेत हुने सम्भावना रहन सक्छ ।

आखाँको ज्योती गुम्ने

स्मार्टफोनको प्रयोगकर्तामा फोनमा हुने चम्किलो उज्यालोले आँखाको ज्योति गुम्ने खतरा हुन्छ । साथै यसको प्रविधि र साना अक्ष्ँरका म्यासेज तथा फाइल पढ्नाले आखाँमा बल पर्न गई बिस्तारै अन्धोपन हुदै जान सक्छ । स्मार्टफोनको अत्याधिक प्रयोग गर्दा आँखामा साना कालो गोला दागहरु हुने, आखाँको मुनी कालो हुदै जाने तथा आखाँबाट पानि बग्ने समस्याहरु देखिदै जान्छन् ।

श्रवण शक्तिमा समस्या

स्मार्टफोनको प्रयोगकर्ता आजकल मेमोरीमा रहेका श्रब्य अथवा आवाजजन्य सामाग्रि सुन्ने गर्दछन् नियमित रुपमा यसरी फोनबाट अडियो सुन्नाले श्रवण शक्तिमा समस्या भई विस्तारै कानको जाली कमजोर हुँदै जानसक्छ । यसले कान समेत सुन्न नसक्ने बनाउन सक्छ ।

रिसाउने बानी बढ्ने

अत्याधिक मात्रामा स्मार्टफोन मात्रमा झुम्मिने मानिसमा चिढिने वा झनक्क रिसाउने बानी बढ्दै जान्छ । स्मार्टफोनमा मात्र घोरिरहने मानिस परीवार तथा साथिभाईसंग घुलमिल हुन चाहँदैनन् । जसका कारण परिवारमा समय कम दिनाले बिस्तारै परिवारबाट टाढिँदै जाने, रिसाउने, चिढिने तथा झर्किने गर्दछन् ।

नंपुसता हुन सक्छ

सुन्दा पत्यार नलाग्ने तर स्मार्टफोनको धेरै प्रयोग गर्ने मानिसमा यसबाट उत्पन्न हुने रेडिएसनले मानिसलाई नंपुशता समेत बनाउन सक्छ । स्मार्टफोनबाट निस्कने रेडिएसनले पुरुषको टेस्टिस र अक्सिटोसिन हर्मोनलाई क्षति पुर्‍याई नपुंशक बनाउन सक्छ भने महिलालाई पिसाबको संक्रमण हुने तथा गर्भाशायको क्यान्सर समेत हुने खतरा हुन्छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ५ : ३५ बजे

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ ।

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

नवलपरासी– निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि

सवारी नियम उल्लङ्घनमा एकै दिन दुईहजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन दुई हजार ७६

कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा

कास्की– जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति

प्रधानमन्त्री शाहले आज उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी