प्रचण्डले भने– शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सोचेजस्तो सजिलो छैन « Khabarhub

प्रचण्डले भने– शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सोचेजस्तो सजिलो छैन


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्‍याउन सोचेजस्तो सजिलो नभएको बताएका छन् ।

अध्यक्ष दाहालले द्वन्द्वकालिन मुद्दालाई टुंगोमा पुर्‍याउन सत्य निरुपण तथा मेलमिलाप आयोग गठन प्रक्रियामा नै समस्या देखिएको उल्लेख गर्दै यो समस्या समाधानका लागि खबरदारी गरिरहन तत्कालिन माओवादी विद्रोहका नेता, कार्यकर्ता र सहिद परिवारहरुबीच बलियो एकताको आवश्यकता रहेकोमा जोड दिए ।

सहिद प्रतिष्ठान, नेपालद्वारा आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्‍याउन प्रधानमन्त्री ओलीले आयोगको संयोजक आफूले भनेको व्यक्तिलाई बनाउने आश्वासन दिएको पनि बताए ।

‘तपाईंले जसलाई भन्नुहुन्छ, त्यसैलाई आयोगको संयोजक बनाउँछु, भनेर प्रधानमन्त्री ओलीले भन्नु भएको छ’ उनले भने ।

यसलाई माओवादी आन्दोलनका सबै नेता, कार्यकर्ताले सडक र सदन दुवै ठाउँबाट खबरदारी नगरे सम्भव नहुने अध्यक्ष दाहालको भनाई थियो ।

अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुग्न नदिन देशी/विदेशी प्रतिक्रियावादीहरु लागि परेको दावी पनि गरे ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ९ : ०५ बजे

कांग्रेस विशेष महाधिवेशनमा प्रतिनिधिको दर्ता जारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत विभिन्न जिल्लाहरुबाट आएका

कांग्रेस महामन्त्रीद्वयको अगुवाइमा यसरी हुँदैछ विशेष महाधिवेशन

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा

पृथ्वी जयन्ती : यस्ता छन् १० दिव्य उपदेश

काठमाडौं – राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी

ढोरपाटनका विद्यार्थीको पीडा : कठ्याङ्ग्रिँदै पढ्नुपर्ने बाध्यता

बागलुङ– अत्यधिक चिसो बढेपछि ढोरपाटनमा खोला र धारमा पानी जम्न

कांग्रेस विशेष महाधिवेशन : यी ६ स्थानबाट जुलुस निकालिँदै

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौंको सुरु हुँदैछ