मेलम्ची विवाद मिल्यो, काम सुचारु हुने « Khabarhub

मेलम्ची विवाद मिल्यो, काम सुचारु हुने


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेलम्ची खानेपानी आयोजनाको पूर्व ठेकेदार कम्पनी सिएमसी दि रेभेनाबाट पीडित नेपाली श्रमिक, स्थानीय भेण्डर तथा सप्लायर्स कम्पनीका प्रतिनिधिहरु र खानेपानी मन्त्रालयका पदाधिकारीहरुबीच आन्दोलनका सबै कार्यक्रम स्थगित गर्ने सहमति गरेको छ ।

मेलम्ची आयोजनामा देखिएको अन्योलता अन्त्य गर्न आइतबार भएको वार्तामा आन्दोलनका सबै कार्यक्रमहरु स्थगित गर्ने सहमति भएको हो । मन्त्रालयका सचिव माधव बेल्बासेको नेतृत्वमा भएको वार्तामा नेपाली श्रमिकहरुलाई दिईने राहत स्वरुपको रकममा अन्य कुनै शीर्षकको रकम छुटेको भए श्रमिकहरुले प्रमाण स्वरुप एकमुष्ट रुपमा प्राविधिक समितिमा निवेदन दिने र उक्त समितिले छानविन गरी श्रमिकको श्रेणीअनुसार सिद्धान्त तय गरी मेलम्ची खानेपानी विकास समितिलाई सिफारिशसहित प्रतिवेदन दिने सहमति भएको छ । यो कार्य निवेदन दिएको दुई महिनाभित्र सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ ।

सम्झौतामा नेपाली श्रमिकहरुलाई दिईने राहत स्वरुपको रकममा दाबी गरेका ८ सय २८ श्रमिक मध्येबाट छुटेका श्रमिकहरुले पाउनुपर्ने रकमको प्रमाण सहित प्राविधिक समितिमा एकमुष्ट निवेदन दिने र उक्त समितिले छानविन गरी भुक्तानीका लागि मेलम्ची खानेपानी विकास समितिमा सिफारिशसहित प्रतिवेदन पेश गर्ने उल्लेख छ । निवेदन दिएको २ महिनाभित्र रकम उपलब्ध गराउन सरकारलाई सिफारिश गर्ने सम्झौता भएको छ ।

त्यस्तै श्रमिकहरुले गरेको विरोध प्रदर्शनमा घाइते भएका श्रमिकहरुको नि:शुल्क उपचारको व्यवस्था सरकारले मिलाउने र मेलम्ची आयोजना सञ्चालन गर्न सहयोग गर्ने सम्झौता भएको छ । यसको लागि जारी बन्द, हड्ताल, नारा जुलुसआदि कार्य आइतबारैदेखि स्थगित गर्ने सम्झौतामा लेखिएको छ ।

यसैबीच भेण्डर तथा सामान सप्लायर्स कम्पनीहरुको समस्या वार्ताद्वारा समाधान गर्न प्रक्रिया अघि बढाउने र भेण्डर तथा सप्लायर्सहरुको तर्फबाट पनि आन्दोलन र विरोधका कार्यक्रम सबै स्थगित गर्ने समझदारी भएको छ ।

वार्तामा मन्त्रालयको तर्फबाट सचिव बेल्बासे, उपसचिव गुणराज श्रेष्ठ, प्राविधिक समितिका तर्फबाट सदस्य सचिव कमलराज श्रेष्ठ, सिएमसी भेण्डर तथा सप्लायर्स संघर्ष समितिका संयोजक विष्णुमणि आचार्य, सदस्य किरण थापा, श्रमिकहरुका तर्फबाट देवीरमण अधिकारी, रमेश नेपाल, विष्णु रायमाझी, टिकाजंग रायमाझी र गुणाकर न्यौपाने रहेका थिए ।

वार्तामा सहजीकरणको भूमिका ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिका अध्यक्ष उपेन्द्र तामाङ र उपाध्यक्ष चिरन तामाङले गरेका थिए । मन्त्रालयका महाशाखा प्रमुखको नेतृत्वमा केही दिन अघि ६ सदस्यीय प्राविधिक समिति गठन भएको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ७ : २१ बजे

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ ।

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

नवलपरासी– निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि

सवारी नियम उल्लङ्घनमा एकै दिन दुईहजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन दुई हजार ७६

कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा

कास्की– जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति

प्रधानमन्त्री शाहले आज उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी