प्रकाश दाहाल स्मृति भलिवलः उपाधिका लागि आर्मी र पुलिस भिड्ने « Khabarhub

प्रकाश दाहाल स्मृति भलिवलः उपाधिका लागि आर्मी र पुलिस भिड्ने


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय पुरुष भलिबलको उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र आर्मी भिड्ने भएका छन् ।

आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलि क्लबले नेपाल एपीएफ क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा आइतबार भएको सेमिफाइनलमा पुलिसले एपीएफमाथि ३–२ को रोमाञ्चक जित हात पार्‍यो ।

यस अघि नै त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । फाइनल खेल सोमबार हुने छ । शनिवारकै लागि तय भएको नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीचको दोस्रो सेमिफाइनल वर्षाका कारण अवरुद्ध भएपनि आइतबार खेलाइएको थियो ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ हात पार्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले १ लाख तथा चौथो हुनेले ५० हजार रुपैयाँ हात पार्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछन् ।

विधागततर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकले जनही १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ८ : १५ बजे

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु

काठमाडौं– विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको

‘रवि लामिछानेले बनाएको संयन्त्रलाई सरकार र संविधानले चिन्दैन’

काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राई प्रधानमन्त्री बालेन्द्र शाहसँग सहकार्य

मधेशवासी समुदायलक्षित आपत्तिजनक नारा पोतेको आरोपमा एकजना पक्राउ

काठमाडौं- काठमाडौंका सार्वजनिक स्थानमा तराई-मधेशका समुदाय लक्षित आपत्तिजनक नारा लेखेको