नेपाली कला-संस्कृति देखेर विदेशी पाहुना दंग « Khabarhub

नेपाली कला-संस्कृति देखेर विदेशी पाहुना दंग


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्द्रजात्रा अवलोकनका लागि महानगरपालिकाको औपचारिक निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरूले आइतबार भक्तपुर र ललितपुरको अवलोकन भ्रमण गरेका छन् ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित विदेशी पाहुनाहरुले भक्तपुर र ललितपुरको भ्रमण गरेका हुन् । विदेशी पाहुनालाई शुक्रबार काठमाडौंको पुरानो भित्री शहरका विभिन्न स्थानहरुको अवलोकन भ्रमण गराएको महानगरपालिकाले शनिबार चन्द्रागिरी र स्वयम्भूको अवलोकन भ्रमण गराएको थियो ।

भक्तपुरको अवलोकन भ्रमणपछि ललितपुर पुगेका विदेशी पाहुनाहरुले नेपाल भ्रमणबाट निकै उत्साहित भएको प्रतिक्रिया दिएका छन् । चीनको लाञ्जााउ कमिटी अफ द सिपिपिसिसिका उपाध्यक्ष ज्याङ् सिओहाङले नेपाल भ्रमणबाट उत्साहित भएको प्रतिक्रिया दिए ।

‘नेपाल कला, संस्कृति र सम्पदाको धनी देश रहेछ,’ उनले संक्षिप्त प्रतिक्रिया दिदैँ भने, ‘म नेपाल भ्रमणबाट निकै उत्साहित छु । काठमाडौँ बसाई धेरै रमाइलो भयो । इन्द्रजात्रामा नेपाली जनताको उत्साह र नेपाली जनताको सम्पदाप्रतिको सम्मान देखेर म थप प्रभावित भएँ ।’

उपाध्यक्ष ज्याङ् सिओहाङले आफूले यहाँको संकृति सम्पदाका बारेमा पहिला पनि सुनेको र यहाँ आउँदा थप प्रभावित भएको बताए। त्यसैगरी भारतको नर्थ दिल्ली नगरपालिकाका मेयर सरदार अवतार सिंहले नेपालको प्रकृति र सम्पदाबाट प्रभावित भएको भन्दै आफ्नो देश र नगरका जनतालाई पनि यसबारेमा जानकारी दिने बताए । हनुमान ढोका परिसरमा इन्द्रजात्रा अवलोकनका लागि पुगेको बताउँदै सिंहले भने , ‘इन्द्रजात्रामा निकै भीड थियो, तर पनि शान्त थियो ।’

‘नेपालको जस्ता कला र मुर्तिहरु कुनै पनि देशमा देखेको थिइनँ’ खबरहबसँग कुरा गर्दै उनले भने, ‘यो पहिलो पटक हो, भ्रमणका लागि फेरि पनि आउनेछु ।’

त्यसैगरी भुटानको थिम्पू नगरका मेयर किन्ले दोर्जीले सम्पदाको संरक्षण गर्ने र विकासको गतिमा अघि बढेको देशका जनता खुसी हुने भन्दै नेपाली जनताको मुहारमा हाँसो र खुसी देखेको बताए । आफू पनि बौद्धमार्गी भएकाले यहाँको संस्कृतिबाट थप प्रभावित भएको उनको भनाइ छ । मेयर दोर्जीले काठमाडौंका पुराना बौद्ध बहाःबहीहरूमा पुग्दा आफूमा आध्यात्मिक भावना उत्पन्न भएको प्रतिक्रिया दिए ।

‘नेपालका सम्पदाहरुले ऐतिहासिक महत्त्व बोकेका छन्, त्यसैमा पनि यहाँको संस्कृति झनै रमाइलो छ’ उनले भने, ‘ पहिले आउँदा पुननिर्माण भइरहेको थियो, अहिले कतिपय सम्पदा बनिसकेछन् । यसलाई मर्मत गरेपछि निकै राम्रो देखिएको छ ।’

काठमाडौँ महानगरपालिका मेयर शाक्यले विदेशी पाहुनलाई बोलाएर नेपालको संस्कृति, सम्पदा र परम्पराका बारेमा जानकारी गराउन पाउँदा खुसी लागेको बताए। ‘हामीले विदेशी पाहुनालाई यहाँ बोलाउनुको प्रमुख उद्देश्य भनेको यहाँको पर्यटन क्षेत्रलाई उद्योगका रुपमा विकास गराउनु हो’उनले भने, ‘त्यो सँगै इन्द्रजात्रालाई हामीले विश्वसामू चिनाउनका लागि पनि यसरी विदेशी पाहुनालाई बोलाएका हौँ ।’

उनले काठमाडौँमा हेर्न लायकका सम्पदा धेरै छन् भन्ने सन्देश दिनका लागि पनि विदेशी पाहुनालाई बोलाएको जानकारी दिए । ‘हामी पर्यटन प्रर्वद्धनसँगै यहाँको सम्पदा चिनाउन चाहन्छौँ । त्यसैको प्रयास पनि हो, यो ।’ उनले भने ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ९ : ३४ बजे

जेन-जी विद्रोहले तोकेको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज

काठमाडौँ – जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २१ गते बिहीबार चैत

आज २०८२ साल फागुन २१ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २१ गते बिहीबार चैत

रुपन्देही २ : रास्वपाका उम्मेदवार खरेलमाथि पैसा बाँडेको आरोप, उनी भन्छन्– आक्रमण गरियो

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलमाथि मतदातालाई पैसा बाँडेको

रुपन्देही ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र पक्राउ

काठमडौँ – रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार