महरालाई आज अदालत उपस्थित गराइँदै | Khabarhub Khabarhub

महरालाई आज अदालत उपस्थित गराइँदै


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार अदालतमा उपस्थित गराइने भएको छ ।

गत असोज १९ गते आइतबार पक्राउ परेकाउ उनलाई बीचमा दशैं विदा तथा अदालत बन्द भएका कारण उनलाई आज अदालत उपस्थित गराउन लागिएको स्रोतले जानकारी दिएको हो ।

दशैं विदा सकिएपछि हिजो सोमबार उनलाई अदालत उपस्थित गराइने तयारी गरिएकोमा हिजो पनि अदालत अदालत बन्द भएका कारण उनलाई आज अदालत उपस्थित गराउन लागिएको हो ।

महरामाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई करणी गरेको आरोप लागेको छ । महिलामाथि गरेको यो दुर्व्यवहारको घटना सार्वजनिक भएपछि महराले त्यसको भोलिपल्टै नैतिकताका आधारमा सभामुख पदबाट राजीनामा दिएका थिए ।

प्रहरी थुनामा रहेका महराको स्वास्थ्य अवस्था बिग्रिएपछि नर्भिक अस्पतालमा भर्ना गरि उपचार भइरहेको छ । नर्भिकमै उपचाररत महरालाई प्रहरीले आज अदालतमा उपस्थित गराउने छ ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ६ : २७ बजे

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेटः एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

इटालियन सिरी ए : रोमा र नापोलीले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र नापोलीले बराबरी खेलेक

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी