२५ वर्षका रितेश यसरी बने ७ हजार ५ सय करोडका मालिक ! « Khabarhub

२५ वर्षका रितेश यसरी बने ७ हजार ५ सय करोडका मालिक !


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

२५ वर्षको उमेरमै ७ हजार ५ सय करोडको मालिक बन्नु चानचुने विषय होइन । आफ्नै अथक मेहनत र सफलताले यो सम्भव भएको हो । त्यो भन्दा पनि उनले लगाएको दूरदर्शी परिकल्पना नै अधिकांश युवाहरुका लागि प्रेरणाको स्रोत बनेको छ ।

युवाअवस्थामै ७ हजार ५ सय करोडको मालिक बन्ने युवा हुन्– रितेश अग्रवाल । भारतीय नागरिक अग्रवालले एक वर्षको अवधिमा मात्र आफ्नो सम्पतिमा १८८ प्रतिशतले वृद्धि गरे ।

उनी ‘ओयो’ नामक होटल तथा आवास सेवा कम्पनीका मालिक हुन् । जसका उनी संस्थापक र प्रमुख कार्यकारी अधिकृत पनि हुन् । उनको कम्पनीको भारतका ५ सय भन्दा बढी शहरमा मात्र १८ हजारभन्दा बढी होटल संचालनमा छन् । अहिले प्रत्यक्षरुपमा २० हजार जना भन्दा बढीलाई उनले रोजगारी दिएका छन् । संसारभर ओयोमा आवद्ध होटलको संख्या ३५ हजार छ ।
विश्वका ८० ओटा मुलुकका ८ सय भन्दा बढी सहरमा १२ लाख कोठाहरु ओयो मार्फत उपलब्ध छन् ।
नेपालका काठमाडौँ, पोखरा लगायतका सहरमा पनि ‘ओयो’ साइनबोर्ड देखिन्छन् ।

ओयोको पुरा रुप हो, ‘अन योर ओ’ अर्थात् ‘तपाइको आफ्नोमा’ । यसको अर्थ सवै आफ्नो नियन्त्रणमा । जुन होटलको रुममा बस्नुहुन्छ त्यहाँ सबै तपाईकै नियन्त्रणमा हुन्छ, उच्चस्तरको सेवासुविधासहित । १७ वर्षमै पढाई छोडेका रितेशले त्यसपछि उनले व्यावसायिक जीवन शुरु गरे । सस्तोमा राम्रो बासस्थानको रुपमा ओयोको थालनी गरे । हाल उनी कसरी सफल उद्यमी बन्ने भन्ने कुरा पढाउँदै हिड्छन् ।

उनी भन्छन्, ‘म विश्वविद्यालयमा गएर लेक्चर दिंदा उनीहरुलाई पढाई छाड्न उत्प्रेरित गर्छु किनकि म जस्तै पढाई छाडेर सफल बनेका बिल गेट्स र ओला क्याबुका सहसंस्थापक ३२ वर्षे भविष अग्रवाललाई मेरा प्रेरणाका स्रोत मान्छु ।’

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ७ : २६ बजे

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानी उच्चस्तरीय टोली इरान भ्रमणमा

काठमाडौं– अमेरिका र इरानबीच जारी तनाव तथा द्वन्द्व अन्त्यका लागि पाकिस्तानले

मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य

काठमाडौं– मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा

घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा व्यस्त, वार्षिक पाँच लाख आम्दानी

काठमाडौं– घुमारचोक र लप्सेका किसानहरु इस्कुसखेतीमा रमाइरहेको ३५ वर्ष नाघेको छ

कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्च पुग्यो

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै सभापति शेरबहादुर देउवा

चार महिनापछि विधिपूर्वक सदनमा आउँदै प्रधानमन्त्री, ११ सांसदका प्रश्नको सामना गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि विधिपूर्वक प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा