२५ वर्षका रितेश यसरी बने ७ हजार ५ सय करोडका मालिक ! « Khabarhub

२५ वर्षका रितेश यसरी बने ७ हजार ५ सय करोडका मालिक !


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

२५ वर्षको उमेरमै ७ हजार ५ सय करोडको मालिक बन्नु चानचुने विषय होइन । आफ्नै अथक मेहनत र सफलताले यो सम्भव भएको हो । त्यो भन्दा पनि उनले लगाएको दूरदर्शी परिकल्पना नै अधिकांश युवाहरुका लागि प्रेरणाको स्रोत बनेको छ ।

युवाअवस्थामै ७ हजार ५ सय करोडको मालिक बन्ने युवा हुन्– रितेश अग्रवाल । भारतीय नागरिक अग्रवालले एक वर्षको अवधिमा मात्र आफ्नो सम्पतिमा १८८ प्रतिशतले वृद्धि गरे ।

उनी ‘ओयो’ नामक होटल तथा आवास सेवा कम्पनीका मालिक हुन् । जसका उनी संस्थापक र प्रमुख कार्यकारी अधिकृत पनि हुन् । उनको कम्पनीको भारतका ५ सय भन्दा बढी शहरमा मात्र १८ हजारभन्दा बढी होटल संचालनमा छन् । अहिले प्रत्यक्षरुपमा २० हजार जना भन्दा बढीलाई उनले रोजगारी दिएका छन् । संसारभर ओयोमा आवद्ध होटलको संख्या ३५ हजार छ ।
विश्वका ८० ओटा मुलुकका ८ सय भन्दा बढी सहरमा १२ लाख कोठाहरु ओयो मार्फत उपलब्ध छन् ।
नेपालका काठमाडौँ, पोखरा लगायतका सहरमा पनि ‘ओयो’ साइनबोर्ड देखिन्छन् ।

ओयोको पुरा रुप हो, ‘अन योर ओ’ अर्थात् ‘तपाइको आफ्नोमा’ । यसको अर्थ सवै आफ्नो नियन्त्रणमा । जुन होटलको रुममा बस्नुहुन्छ त्यहाँ सबै तपाईकै नियन्त्रणमा हुन्छ, उच्चस्तरको सेवासुविधासहित । १७ वर्षमै पढाई छोडेका रितेशले त्यसपछि उनले व्यावसायिक जीवन शुरु गरे । सस्तोमा राम्रो बासस्थानको रुपमा ओयोको थालनी गरे । हाल उनी कसरी सफल उद्यमी बन्ने भन्ने कुरा पढाउँदै हिड्छन् ।

उनी भन्छन्, ‘म विश्वविद्यालयमा गएर लेक्चर दिंदा उनीहरुलाई पढाई छाड्न उत्प्रेरित गर्छु किनकि म जस्तै पढाई छाडेर सफल बनेका बिल गेट्स र ओला क्याबुका सहसंस्थापक ३२ वर्षे भविष अग्रवाललाई मेरा प्रेरणाका स्रोत मान्छु ।’

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ७ : २६ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को