आबुधाबी डायलगमा सहभागी हुन श्रममन्त्री विष्ट युएई प्रस्थान « Khabarhub

आबुधाबी डायलगमा सहभागी हुन श्रममन्त्री विष्ट युएई प्रस्थान


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट मंगलबार यूएइ प्रस्थान गरेका छन् ।

अक्टोबर १६ र १७ तारिख (बुधबार र बिहीबार) यूएइमा हुन लागेको पाँचौ मन्त्रिस्तरीय आबुधाबी डायलगमा सहभागी हुन तीन सदस्यीय टोलीको नेतृत्व गर्दै मन्त्री युएई गएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रीसगँको टोलीमा मन्त्रालयका सचिव विनोद केसी र सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख उमेश ढुंगाना छन् ।

श्रमिक पठाउने र लिने देशहरुको साझा फोरम हो अबुधाबी डायलग । यसपटकको छलफल श्रमिक आपुर्ति प्रक्रियालाई थप पारदर्शि बनाउने विषयमा केन्द्रित मन्त्रालयले जनाएको छ ।

त्यस्तै अवैध कामदारको आयात र निर्यातको रोकथाम, श्रमिकको हकहित र सामाजिक सुरक्षाका विषयमा पनि डायलगमा छलफल हुनेछ । श्रमिक पठाउने मुलुकहरुको साझा फोरम कोलम्वो प्रोसेसको अध्यक्ष राष्ट्र भएकाले नेपालको उपस्थिती खास रहनेछ ।

डायलगमा श्रमिक पठाउने देशहरु नेपाल सहित भारत, पाकिस्तान, श्रीलंका, म्यानमार, थाइल्याण्ड, फिलिपिन्स, बंगलादेश र भियतनाम सहभागी हुर्दैछन । त्यस्तै श्रमिक लिने देशहरु यूएइ, मलेसिया, कतार, कुवेत, साउदी अरब, बहराइन, यमन सहभागी हुनेछन् ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  १० : ३९ बजे

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले