वर्षामा भत्किएका रोल्पाका ग्रमीण सडक बनेनन्, जनतालाई सास्ती | Khabarhub Khabarhub

वर्षामा भत्किएका रोल्पाका ग्रमीण सडक बनेनन्, जनतालाई सास्ती


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एल बि मगर

रोल्पा– वर्षातका कारण भत्किएका रोल्पाका ग्रामीण सडकहरु नबन्दा सर्वसाधारणले सास्ती पाएका छन् ।

पानी पर्न छोडेपनि सडकहरु मर्मत हुन नसक्दा दशैं मनाउन गाउँ आएका सर्बसाधारणहरुले सास्ती खेप्नु परेको छ ।

रोजगारीका लागि जिल्ला र नेपाल बाहिर गएका रोल्पालिहरु आफ्नै गाउँ घरसम्म गाडीमा जान नपाउँदा घन्टऔको बाटो पैदल हिड्न बाध्य भएका थिए । दशैं सकिएर फर्किदासमेत सडकहरु नबन्दा उनीहरु आक्रोशित बनेका छन् ।

स्थानीय लाल बहादुर खत्रीले गाउँ गाउँमा आएको सिंहदरबारले जनताका आधारभुत समस्याका बारेमा चासो नदिनु र गम्भीर नबन्नु दु:खद रहेको बताए ।

वर्षातका कारण रोल्पाका प्रमुख बजारहरु जोड्ने सडक, रोल्पाको सहिदमार्ग सङ्ग जोडिएका र आसपासमा रहेका अधिकांश कच्ची सडकहरु अबरुद्ध छन् । बिगतका वर्षहरुमा दशै अगाडिनै अबरुद्ध सडक खुलाउने गरिएको भएपनि यस बर्ष भने सडक खुलाउन तर्फ स्थानीय निकायले चासो देखाएन ।

दशै अगाडि अबरुद्ध सडक खुलाउन तर्फ सदरमुकाममा रहेको रोल्पा नगरपालिका र नगरपालिका सङग जोडिएका केही स्थानीय निकायले काम गरेको भएपनि धेरै जसो स्थानीय निकायले त्यस तर्फ चासो दिएका छैनन् ।

गत साउन महिनामा सम्पन्न भएको गाउँ सभा बाटनै अधिकांश स्थानीय निकायले स्थानीय सडक मर्मत सम्भारका लागि बजेट बिनियोजन गरिसकेको भएपनी कार्यान्वयन तर्फ ढिला सुस्ती हुँदा सडक बन्न सकेनन् ।

यसका बारेमा जिज्ञासा राख्दा सबै गाउँपालिकाको एउतै जबाफ छ – अब छिट्टै अबरुद्ध सडक खुलाउ छौ । चाडपर्वमा सबै ब्यस्त भयौं काम गर्न पाइएन ढिला भयो ।

अबरुद्ध ग्रामीण सडक पूर्ण रूपमा नखुल्दा सडकमा नियमित रूपमा चल्ने सार्बजनिक यातायातका साधनहरु समेत सन्चालन नहुँदा नागरिकहरु महँगो भाडा तिरेर गाडी रिजर्भ गरेर गाउँ जान बाध्य भएका छन् ।

रोल्पाका दस वटा स्थानीय तहका प्रायजसो सबै ठुला गाउँ बस्तिमा मोटर बाटोको ट्रयाक खुलिसकेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  १ : ३४ बजे

आइपीएल : प्लेअफ दौडबाट बाहिरियो कोलकाता

बेंगलुरु – इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत बहुप्रतीक्षित बैङ्गलोर र

सगरमाथा संवादमा १२ विषयका समानान्तर सत्र

काठमाडौं – नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवादमा विभिन्न

पुटिन र जेलेन्स्कीबीच सहमतिपछि मात्र भेटवार्ता सम्भव : क्रेमलिन

किएभ – क्रेमलिनले रूस र युक्रेनबीच युद्धविरामका लागि सहमति भएमा

आध्यात्मिक जागरण र विश्व बन्धुत्वको सन्देश फैलाउन ‘खुला सत्सङ्ग’

ललितपुर – आध्यात्मिक जागरणका लागि सन्देश फैलाउने उद्देश्यसहित आज यहाँ

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः अध्यक्ष केसी

कैलाली – राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प