तपाईंलाई हात धुन आउँछ ? « Khabarhub

तपाईंलाई हात धुन आउँछ ?


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज विश्व हात धुने दिवस । विश्वभर विभिन्न सचेतनाका कार्यक्रम गरी हात धुने दिवस मनाइन्छ । नेपालले पनि अघिल्ला वर्षहरुमा विभिन्न संघसंस्थासँगको सहकार्यमा विद्यालय तथ विभिन्न ठाउँमा हात धुने दिवस मानाउने गरेको थियो । तर, यो वर्ष हात धुले दिवसको अवसरमा केन्द्रीय सरकारले भने कुनै कार्यक्रम गरेन ।

चिकित्सकका अनुसार ७० प्रतिशत नेपालीलाई हात कसरी धुने भन्नेबारे अझै जानकारी छैन । हात धुने तरिकाबारे जानकारी भएकाहरु समेत सहि तरीकाले हात धुदैनन् । जस कारण मानिसहरुमा सरुवा रोग र संक्रमणको जोखिम बढेको चिकित्सकहरु बताउँछन् ।

सहि तरिकाले आफ्नो हातमा भएका रोगका किटाणु नष्ट हुनेगरी हात धुन नजान्दा झाडापखाला, पेट सम्बन्धी रोगहरु लाग्ने चिकित्सकहरु बताउँछ ।

हात कहिले धुनुपर्छ ?

–आँखा, नाक र मुख छुनुभन्दा पहिले,

– खाना खान र त्यसलाई पस्कनु वा छुनुभन्दा पहिले,

–चर्पीको प्रयोग गरिसकेपछि,

–खोकी वा हाछ्युँजस्ता श्वास–प्रश्वास सम्बन्धी समस्या पर्दा हातको प्रयोग भएपछि,

–स्केलेटरको हाते पट्टि, लिफ्टको नियन्त्रण कक्ष, ढोका लगायत सार्वजनिक साधन तथा सामग्री छाेएपछि,

– दिसा– पिसाब बाहिर नआओस् भनेर लगाइने बच्चाको डायपर फेरेपछि,

–बच्चा वा बिरामी व्यक्तिको रेखदेख गर्दा फोहर लागेका सरसामान छोएपछि,

कसरी धुने हात ?

–धाराको पानीले हात भिजाउने,

–दुवै हातमा साबुन लगाएर फिँज आउनेगरि हात रगड्ने,

– हत्केला, औंलाका बीचमा, पछाडी, टुप्पा र नाडी राम्ररी साबु लगाएर माड्ने,

– धाराको पानीले हातलाई राम्ररी पखाल्ने,

– सफा कपडा वा तौलियाले राम्रगरी पुछ्ने,

–तौलिया सामुहिक प्रयोग नगर्ने ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  १ : ५२ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ