पारसले कप्तानीबाट राजीनामा दिने बेला भएको थिएन– उपकप्तान मल्ल « Khabarhub

पारसले कप्तानीबाट राजीनामा दिने बेला भएको थिएन– उपकप्तान मल्ल


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले पारस खड्काको कप्तानी छोड्ने निर्णय सही नभएको प्रतिक्रिया जनाएका छन् । आफ्नाबारे निर्णय गर्ने अधिकार पारसलाई भएपनि यो सही नभएको उनको भनाइ छ ।

‘पारसको निर्णय राम्रो त पक्कै होइन’ मल्लले खबरहबसँग भने,’उनको निर्णय हो । त्यसको सम्मान गर्नै पर्छ ।’

कप्तान खड्काले क्यानको नव निर्वाचित कार्यसमितिलाई सहज रुपमा काम गर्न सुझाउँदै कप्तानी त्यागेको घोषणा गरेका छन् । उपकप्तान मल्लले खड्काले नेपाली क्रिकेटकै लागि राम्रो सोचेर निर्णय गरेको हुन सक्ने बताए ।

‘पारसले सोच विचार गरेरै निर्णय गरेका होलान् । क्रिकेट टोलीको कप्तानी गरिसकेको खेलाडी भएकाले पनि अहिलेको ‘सिनारियो’ बुझैर निर्णय गरेको होलान्,’ मल्लले भने,‘क्रिकेटकै लागि गरेका होलान् । कप्तानबाट राजीनामा दिने समय चाँहि अलि चाँडै होकि जस्तो लाग्यो ।’

१ दशक कप्तानी गरेका पारसले नेपाली त्रिकेट टोलीलाई नयाँ उचाई दिँदै एकदिवसिय अस्थायी मान्यता दिलाइ सकेका छन् । तर, अहिले नेपाली टोलीमा रहेका सिनियर खेलाडीहरु टाली बाहिर रहँदा युवा खेलाडीको बर्चश्व रहेको नेपाली क्रिकेट टोलीलाई उनको कप्तानी अझै एक, दुई बर्ष आवश्यक रहेको मल्लको भनाइ छ ।

उनले भने,‘हतार भन्दा पनि हुनत एक दशक नै कप्तानी गरिसक्यो तर, अहिलेको अवस्थामा अझै एक दुई बर्ष कप्तानमा रहेको भए हुन्थ्यो भन्ने हो ।’

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  १ : ४२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको