ग्याष्ट्रिकको औषधि र्‍यानिटिडिनमा क्यान्सरको तत्व ! | Khabarhub Khabarhub

ग्याष्ट्रिकको औषधि र्‍यानिटिडिनमा क्यान्सरको तत्व !


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–ग्याष्ट्रिकको उपचारमा प्रयोग हुने र्‍यानिटिडिन समुहको औषधिमा क्यान्सर गराउने तत्व रहेको पाइएको छ ।

अमेरीकामा भएको इम्प्युरिटी इन्टरनेशनल एजेन्सी अफ रिसर्च अन क्यान्सर ( आइएआरसी)ले केही महिना अघि मात्रै र्‍यानिटिडिन औषधिमा क्यान्सरको तत्व रहेको पत्ता लगाएको हो ।

आइएआरसीले र्‍यानिटिडिन औषधिमा थोरै मात्रामा रहेको नाइट्रोसमिन इम्प्युरिटी, एन नाइट्रोसोडि मिथाइलमाइनले क्यान्सर गराउन सक्ने जनाएको छ ।

आइएआरसीले र्‍यानिटिडिन समुहको औषधिले क्यान्सर लाग्न सक्ने बताएपछि औषधि व्यवस्था विभागले पनि नेपालका सबै औषधि उत्पादक र आयत कर्ताहरुलाई सचेत गराएको छ ।

विभागले पत्राचार गर्दै औषधी उत्पादक र आयतकर्तालाई नेपाली बजारमा उत्पादन तथा प्रयोग हुने सो समुहको औषधिमा नाइट्रोसमिन इम्प्युरिटी, एन नाइट्रोसोडि मिथाइलमाइन भए वा नभएको एकिन गर्न निर्देशन समेत दिएको छ ।

नेपालमा र्‍यानिटिडिन समुहका औषधि ९ वटा बान्डका औषधिहरु उत्पादन र आयत हुने गरेको विभागका सुचना अधिकारी सन्तोष केसीले बताए ।

र्‍यानिटिडिन समुहको औषधिमा क्यान्सरको तत्व हुनसक्ने भएकाले विभागले नेपाली कम्पनीलाई सो औषधि बजार नपठाउन समेत निर्देशन दिइएको सुचना अधिकारी केसीले बताए ।

‘त्यो औषधि नेपाली कम्पनीहरुले पनि उत्पादन गर्छन् । हामीले अहिले उहाँहरुले उत्पादन गरिरहेको औषधि बजारमा नलानु भनेका छौं,’ सुचना अधिकारी केसीले भने, ‘नेपालमा ८, ९ वटा बाण्डमा यो नामको औषधि उत्पादन र विक्री हुँदै आएको छ ।’

नेपाली बजारमा कति छ, सरकारलाई थाहा छैन

विभागका सुचना अधिकारी केसीका अनुसार ग्याष्ट्रिकको उपचारमा प्रयोग हुने र्‍यानिटिडिन समुहका औषधि नेपालमा प्रयोग हुने पुरानो औषधि हो । यो औषधि नेपालीहरुले धेरै वर्ष अघिदेखि प्रयोग हुँदै आएका छन् ।

नेपालीहरुमा ग्याष्ट्रिकको समस्या कमन समस्याको रुपमा छ । त्यसैले पनि ग्याष्ट्रिकलाई राष्ट्रिय रोगकै रुपमा लिइन्छ । औषधिहरुको उत्पादन, विक्री र प्रयोगमा नियमन र नियन्त्रण गर्ने निकाय औषधि व्यवस्था विभागसँग सो समुहको औषधि नेपाली बजारमा कति छ र कति नेपालीले सो औषधि प्रयोग गरेका छन् भन्ने आधिकारीक तथ्यांक छैन ।

‘नेपालमा ग्याष्ट्रिकको समस्या कमन समस्या हो, धेरै नेपालीमा ग्याष्ट्रिकको समस्या छ, यो औषधि सबैभन्दा पुरानो औषधि हो,’ विभागका सुचना अधिकारी केसीले भने, ‘तर हामीले नेपाली बजारमा कतिले यो औषधि प्रयोग गरेका छन् र नेपाली बजारमा अहिले यो औषधिको मात्रा कति छ विभागसँग तथ्यांक छैन ।’

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  १ : ४८ बजे

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन