महरालाई थप तीन दिन प्रहरी हिरासतमा राख्न अदालतको अनुमति « Khabarhub

महरालाई थप तीन दिन प्रहरी हिरासतमा राख्न अदालतको अनुमति


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले महरालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

मंगलबार प्रहरीले महरालाई अदालत पेश गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएपछि महरालाई अदालतमा पेश गरिएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको एकल इजलासले महरालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

सरकारी वकिलका तर्फबाट बहस गर्दै अधिवक्ता  उमाकान्त पौडेलले महरालाई १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप गर्न माग गरेका थिए ।

महराका तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ र अधिवक्ता मुरारी सापकोटाले बहस गरेका थिए ।

महरामाथि संघीय संसद सचिवालयमा कार्यरत महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । असोज १२ गते (आइतबार) महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्दै संसद सचिवालयकी महिला कर्मचारीले सोमबार मिडियामार्फत घटना सार्वजनिक गरेकी थिइन् ।

प्रहरीले घटना भएको दिनदेखि नै अनुसन्धान शुरु गरेको जनाए पनि असोज १७ गते महिलाको उजुरी परेपछि मात्रै महरालाई पक्राउ गर्ने प्रक्रिया अगाडि बढाएको थियो ।

जरुरी महत्वको कार्यासञ्चालनका लागि गठन भएको काठमाडौं जिल्ला अदालतको इजलाशले असोज १९ गते महरालाई पक्राउ गर्न अनुमति दिएको थियो ।

अदालतको अनुमतिसँगै महरा १९ गते पक्राउ परेका थिए । पक्राउ परेको दोस्रो दिन (सोमबार) महराको ब्लड स्याम्पल (रगतको नमूना) लिइएको थियो ।

प्रहरीले घटना भएको तेस्रो दिन घटना भएको भनिएको स्थल (पीडित महिला)को कोठाबाट समेत सबूत प्रमाण शंकलन गरेको थियो । प्रहरीले महिलाको कोठाबाट रक्सीको बोत्तल, रक्सी पिउन प्रयोग भएको गिलास, फुट्टेको चस्माको फ्रेम, जुत्ताको तलुवा, भान्सामा प्रयोग भएका केही भाँडाकुँडा संकलन गरेको थियो ।

प्रहरीले घटनास्थल पीडित महिलाको कोठाको भिडियो खिचेर भिडियो फुटेजलाई पनि आवश्यक प्रमाणका रुपमा पेश जनाएको छ ।

प्रहरीले महराबाट ब्लड स्याम्पल लिएर डीएनए लगायतका फरेन्सिक परीक्षणको कार्य सकिएको जनाएको छ । प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा परीक्षण गरेर रिपोर्ट समेत आइसकेको प्रहरी स्रोतले खबरहबलाई जानकारी दियो ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ४ : ४७ बजे

जनकपुरधाम उपमहानगरपालिकाको दुई अर्ब ४६ करोड ८९ लाख रुपैयाँको संशोधित बजेट

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि दुई

प्रथम वैतेश्वर शिक्षक-कर्मचारी भलिबलको उपाधि आयोजक टिमलाई

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाको आयोजनामा सञ्चालित  वडा स्तरीय शिक्षक-कर्मचारी भलिबल

गगनले भने, ‘कांग्रेस दास र लासको पार्टी होइन, जिउँदाहरूको हो’

काठमाडौं- महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस दास र लासको नभइ

कांग्रेस महाधिवेशनमा नेता/कार्यकर्तालाई एलर्जीको समस्या बढी, जथाभावी औषधि वितरण

काठमाडौं- राजधानीको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा स्थापना गरिएको

मगर समुदायले काठमाडौंको टुँडिखेलमा माघे संक्रान्ति मनाउने

काठमाडौं– मगर समुदायले काठमाडौंको टुँडिखेलमा माघे संक्रान्ति पर्व मनाउने भएको छ