पारसले सुनाए नयाँ कप्तानको नाम ! « Khabarhub

पारसले सुनाए नयाँ कप्तानको नाम !


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीको कप्तानीबाट पारस खड्काले राजीनामा दिएपछि नेपाली टोलीको नयाँ कप्तानबारे बहस शुरु भएको छ ।

नेपाली क्रिकेटका समर्थकहरु नयाँ कप्तानका विषयमा सामाजिक सञ्जालमा बहस गरिरहेका छन् भने सम्बन्धित क्षेत्रका विज्ञले पनि यसबारे बहस गरिरहेका छन् । केहीले पारस पुन फर्किने आशा गरिरहेका छन् ।

नेपाली क्रिकेटको नियामक निकाय क्यानका नवनिर्वाचित पदाधिकारीले त पारसको राजीनामा आधिकारीक रुपमा नआएको भन्दै उनको राजीनामा फिर्ता हुने आशा पनि व्यक्त गरिरहेका छन् । तर पारसले राजीनामा घोषणा गरेपछि आयोजित एक कार्यक्रममा आफ्नो राजीनामा कुनै हालतमा पनि फिर्ता नहुँने बताइसकेका छन् ।

यति मात्र होइन पारसले केही समय थकाइ मार्नेसमेत भनेका छन् । यसको अर्थ पारस अब राष्ट्रिय टोलीबाट बिदा हुँदैछन् भन्ने प्रश्न उब्जिएको छ ।

आफूले कप्तानी छोडेपछि राष्ट्रिय टोलीको कप्तानी अब ज्ञानेन्द्र मल्लमा सर्ने पारसको भनाइ छ । उनले भने,’अबको एक बर्ष उपकप्तान ज्ञानेन्द्र मल्लले टोलीको नेतृत्व गर्ने छन् ।’

‘अबको एक बर्ष ज्ञानेन्द्र मल्लले टोलीको नेतृत्व गर्छन् । अहिले टोलीको सिनियर खेलाडीका हिसाबले पनि उनले टोली सम्हाल्नेछन्,’ खड्काले भने,‘म खेलाडी भएर मैदानमा मल्लको नेतृत्वमा खेल्न तयार छुँ ।’

नेपाल क्रिकेट संघ (क्यान) आईसीसीबाट सशर्त निलम्बन फुकुवा भएको भोलि पल्ट नै राजीनामा घोषणा गरेका खड्काले क्यान नेतृत्वलाई आगामी यात्राका लागि शुभकामना समेत दिए ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ३ : १६ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी