नेकपा विदेश विभागको निष्कर्ष– चिनियाँ राष्ट्रपति सीको भ्रमण फलदायी « Khabarhub

नेकपा विदेश विभागको निष्कर्ष– चिनियाँ राष्ट्रपति सीको भ्रमण फलदायी


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विदेश विभागले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण फलदायी भएको निष्कर्ष निकालेको छ ।

नेकपाको विदेश विभागको मंगलबार बसेको बैठकले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बारेमा समीक्षा गरेको हो ।

बैठकले भ्रमण फलदायी भएको र दीर्घकालीन महत्व र नेपालको विकासमा कोशेढुंगा हुने निष्कर्ष निकालिएको छ ।

विदेश विभागका प्रमुख माधवकुमार नेपालले राष्ट्रपति सीको भ्रमणले नेपालको अन्तर्राष्ट्रियय प्रतिष्ठा र महत्व बढाएको उल्लेख गर्दै यसबाट लाभ लिनुपर्नेमा जोड दिए ।

बैठकमा उपप्रमुखद्वय राम कार्की र विष्णु रिजालका साथै डा. युवराज संग्रौला, मिलन तुलाधर, डा. रुपक सापकोटा र मात्रिका पौड्यालले भ्रमणका विविध पाटा बारे आफ्नो धारणा र विश्लेषण प्रस्तुत गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको दुई दिने राजकीय भ्रमण गरेका थिए ।

शनिवार नेपाल आएका शीले राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका सचिवालय सदस्यहरुसँग भेटवार्ता गरेका थिए ।

सीको नेपाल भ्रमणका समयमा नेपाल र चीनबीच विभिन्न २० बुँदे सहमतिसमेत भएको थियो ।

सीको सम्मानमा राष्ट्रपति भण्डारीले रात्रिभोजको आयोजना गरेकी थिइन् ।

राजकीय भ्रमण सकाएर सी शनिवार चीन प्रस्थान गरेका थिए ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ३ : ४३ बजे

सिपाही–सेलिब्रेटी बनेका प्रशान्तको बलिउड सपना अधुरै

काठमाडौं- प्रशान्त तामाङ (४ जनवरी १९८३ – ११ जनवरी २०२६) भारतमा जन्मिएका

मेचीनगरमा प्रथम भाक्का उत्सव

झापा‍– मेचीनगरमा पहिलो पटक राजवंशी समुदायले आज प्रथम भाक्का पिठ्ठा उत्सव

तनहुँमा बीभत्स अवस्थामा भेटिए तीन शव, एक जनाको सनाखत

दमौली– शनिबारको बिहान करिब ९ः३० बज्दै थियो । शान्त देखिने

सम्भावित अमेरिकी आक्रमणविरुद्ध इरानले दियो चेतावनी

दुबई- इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध प्रदर्शनका नाममा सैन्य

राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका