डडेल्धुरा अस्पतालमा चिकित्सक अभाव हुँदा बिरामीलाई सास्ती « Khabarhub

डडेल्धुरा अस्पतालमा चिकित्सक अभाव हुँदा बिरामीलाई सास्ती


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– संघीय सरकारको मातहतमा रहेको डडेल्धुरा अस्पतालमा दरवन्दी अनुसार चिकित्सक नहुँदा बिरामीहरु समस्यामा परेका छन् ।

कर्मचारी समायोजनले डडेल्धुरा अस्पताल चिकित्सक विहीन बन्दै गएको हो । अस्पतालमा प्रर्याप्त चिकित्सक नहुँदा अस्पतालको सेवामा समेत प्रभाववित भएको छ ।

विशेषज्ञ सहितको सुविधा उपलब्ध हुने भनिए पनि अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नहुँदा सेवा प्रभावित भएको हो । अस्पतालमा प्रर्याप्त चिकित्सक समेत नभए भन्दै सेवाग्राही ज्ञानेन्द्र ताम्राकारले डडेल्धुरा अस्पताल नाम मात्रको विशिष्ट अस्पताल भएको बताए ।

“एक महिना अगाडि मेरी श्रीमती पनि सुत्केरी भएकी थिइन् तर, यहाँ सेवा नहुँदा उनी तराईमा गएर सुत्केरी भइन्,” ताम्राकारले भने, “उपचारका लागि बाहिर जानुपर्दा समस्या हुने गरेको छ । यो अस्पतालको नाम मात्रै विशिष्ट छ, जुन सेवा सुविधा पाउनुपर्ने हो त्यो पाइँदैन । बिरामी आउँछन् नाम लेखाएर रिफर भएर जान्छन् ।”

अस्पतालका लागि १ सय ८ जनाको दरबन्दी स्वीकृत भएपनि ३७ जना कर्मचारीकोे मात्र पदपूर्ति भएको छ । बाँकी ७१ पद रिक्त छन् । त्यस्तै, अस्पताल विकास समितिबाट ४२ जनाको पद स्वीकृत हुनुपर्नेमा ३४ जनाको पदपूर्ति भई आठ जनाको पद रिक्त छ ।

अस्पतालमा अहिले करारका ४५ जना र ज्यालादारीका सातजना कर्मचारी कार्यरत छन् । अस्पतालमा २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ तर, अहिले अस्पतालमा छात्रवृत्ति करारबाट एकजना र अस्पताल विकास समितिबाट दुईजना गरी तीनजना मात्र विशेषज्ञ चिकित्सक कार्यरत छन् ।

अस्पतालमा १९ जना मेडिकल अफिसरको दरबन्दी रहेकामा हालसम्म नौ जना नेपाल सरकारको तर्फबाट र एकजना करारमा गरी जम्मा १० जना मात्र कार्यरत रहेको देखिन्छ । त्यसमध्ये छजना अध्ययन तथा असाधारण विदामा रहेको अस्पतालले जानकारी दिएको छ ।

बाँकी रहेका चारजनामध्ये पनि तीनजनाको समायोजन भएपछि अस्पतालमा अहिले एकजना मेडिकल अफिसर मात्र रहेको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए ।

“यो अस्पताल सङ्घको मातहतमा रहँदा पनि दरबन्दीअनुसार चिकित्सक नपाउँदा सेवा दिन अप्ठ्यारो भइरहेको छ,” उनले भने, “एकजना मात्र स्थायी र तीनजना करारका डाक्टर भएकाले उपचार पद्धति कसरी अगाडि बढ्ने हो अन्योल छ ।”

चिकित्सक अभावमा डडेल्धुरा अस्तालमा सञ्चालनमा आइरहेका सेवाहरु समेत बन्द भएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ७ : ४० बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा