डडेल्धुरा अस्पतालमा चिकित्सक अभाव हुँदा बिरामीलाई सास्ती | Khabarhub Khabarhub

डडेल्धुरा अस्पतालमा चिकित्सक अभाव हुँदा बिरामीलाई सास्ती


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– संघीय सरकारको मातहतमा रहेको डडेल्धुरा अस्पतालमा दरवन्दी अनुसार चिकित्सक नहुँदा बिरामीहरु समस्यामा परेका छन् ।

कर्मचारी समायोजनले डडेल्धुरा अस्पताल चिकित्सक विहीन बन्दै गएको हो । अस्पतालमा प्रर्याप्त चिकित्सक नहुँदा अस्पतालको सेवामा समेत प्रभाववित भएको छ ।

विशेषज्ञ सहितको सुविधा उपलब्ध हुने भनिए पनि अस्पतालमा दरबन्दी अनुसार चिकित्सक नहुँदा सेवा प्रभावित भएको हो । अस्पतालमा प्रर्याप्त चिकित्सक समेत नभए भन्दै सेवाग्राही ज्ञानेन्द्र ताम्राकारले डडेल्धुरा अस्पताल नाम मात्रको विशिष्ट अस्पताल भएको बताए ।

“एक महिना अगाडि मेरी श्रीमती पनि सुत्केरी भएकी थिइन् तर, यहाँ सेवा नहुँदा उनी तराईमा गएर सुत्केरी भइन्,” ताम्राकारले भने, “उपचारका लागि बाहिर जानुपर्दा समस्या हुने गरेको छ । यो अस्पतालको नाम मात्रै विशिष्ट छ, जुन सेवा सुविधा पाउनुपर्ने हो त्यो पाइँदैन । बिरामी आउँछन् नाम लेखाएर रिफर भएर जान्छन् ।”

अस्पतालका लागि १ सय ८ जनाको दरबन्दी स्वीकृत भएपनि ३७ जना कर्मचारीकोे मात्र पदपूर्ति भएको छ । बाँकी ७१ पद रिक्त छन् । त्यस्तै, अस्पताल विकास समितिबाट ४२ जनाको पद स्वीकृत हुनुपर्नेमा ३४ जनाको पदपूर्ति भई आठ जनाको पद रिक्त छ ।

अस्पतालमा अहिले करारका ४५ जना र ज्यालादारीका सातजना कर्मचारी कार्यरत छन् । अस्पतालमा २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ तर, अहिले अस्पतालमा छात्रवृत्ति करारबाट एकजना र अस्पताल विकास समितिबाट दुईजना गरी तीनजना मात्र विशेषज्ञ चिकित्सक कार्यरत छन् ।

अस्पतालमा १९ जना मेडिकल अफिसरको दरबन्दी रहेकामा हालसम्म नौ जना नेपाल सरकारको तर्फबाट र एकजना करारमा गरी जम्मा १० जना मात्र कार्यरत रहेको देखिन्छ । त्यसमध्ये छजना अध्ययन तथा असाधारण विदामा रहेको अस्पतालले जानकारी दिएको छ ।

बाँकी रहेका चारजनामध्ये पनि तीनजनाको समायोजन भएपछि अस्पतालमा अहिले एकजना मेडिकल अफिसर मात्र रहेको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले बताए ।

“यो अस्पताल सङ्घको मातहतमा रहँदा पनि दरबन्दीअनुसार चिकित्सक नपाउँदा सेवा दिन अप्ठ्यारो भइरहेको छ,” उनले भने, “एकजना मात्र स्थायी र तीनजना करारका डाक्टर भएकाले उपचार पद्धति कसरी अगाडि बढ्ने हो अन्योल छ ।”

चिकित्सक अभावमा डडेल्धुरा अस्तालमा सञ्चालनमा आइरहेका सेवाहरु समेत बन्द भएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ७ : ४० बजे

प्रधानमन्त्रीबाट राष्ट्रिय धान दिवसको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र कृषिलाई आधुनिक र प्रविधिको

पाखाबारीमा केराखेती, वार्षिक १५ लाखसम्म आम्दानी

म्याग्दी- बेनी नगरपालिका–९ घतान काउलेगौँडाका ४० वर्षीय युवा प्रकाश खत्री

एसीसी यु-१६ : इन्डोनेसियाविरुद्ध नेपाली ओपनर जैसीले बनाए शतक

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट

पल्मेराइस क्लब विश्वकपको दोस्रो चरणमा

काठमाडौं – पल्मेराइस फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा

पौवादुङमाका उत्कृष्ट विद्यार्थी र विद्यालय पुरस्कृत

भोजपुर– विद्यार्थीलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यले भोजपुरको पौवादुङमा गाउँपालिकाभित्रका उत्कृष्ट