नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप « Khabarhub

नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीमा ३ हजार ५ सय ९६ दरबन्दी थप भएको छ । तीन प्रहरी वरिष्ठ उपरीक्षक र तीन प्रहरी उपरीक्षकसहित दरबन्दी थप भएको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार थपिएको दरबन्दी कार्यान्वयनका लागि गृह मन्त्रालयले प्रहरीलाई पत्राचार गरेसँगै पदपूर्ति कार्यान्वयनको चरणमा गएको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले दरबन्दी थपिएको जानकारी दिँदै बढुवा तथा नयाँ भर्ना प्रक्रियाद्वारा पदपूर्ति गरिने बताए ।

नयाँ पदपूर्तिपछि स्थानीय तहको केन्द्रमा रहने गरी १ सय ८६ नयाँ प्रहरी एकाइ थपिने र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रहरी एकाइ रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ । हाल नेपाल प्रहरीमा ७५ हजार ९ सय २७ दरबन्दी रहेको छ ।

थपिएको दरबन्दीमा प्राविधिकसहित तीन प्रहरी वरिष्ठ उपरीक्षक, तीन प्रहरी उपरीक्षक, २१ प्रहरी नायब उपरीक्षक, ४७ प्रहरी निरीक्षक, ८६ प्रहरी नायब निरीक्षक, २९७ प्रहरी सहायक निरीक्षक, ६८३ प्रहरी हवल्दार, दुई हजार २१६ प्रहरी जवानलगायत छ । जसमा प्राविधिकतर्फ १२९ दरबन्दी थपिएको हो ।

प्रहरीका अनुसार सरकारी निर्णयअनुसार थपिएको दरबन्दी पदपूर्तिका लागि प्रक्रिया शुरु भइसकेको जनाइएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ५ : ४५ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका