जावलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै « Khabarhub

जावलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर जिल्लाको जावलाखेल मैदानमा चार दिने १३औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ ।

नेपालमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी विसं २०५३ देखि शुरु भएको हो । फ्लोरिकल्चर एशोसिएशन नेपालले आयोजना गर्न लागेको सो मेला कात्तिक १ देखि ४ सम्म सञ्चालन हुने भएको छ ।

मेलाको उद्देश्य पुष्प व्यवसायीलाई व्यवसाय प्रवर्द्धनमा हौसला प्रदान गर्ने र व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पुर्‍याउनु रहेको छ ।

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने अभियानका साथ शुरु हुन गइरहेको सो प्रदर्शनीमा व्यावसायिक ४४, सूचनामूलक चार र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी एकसहित गरी कूल ४९ कक्ष रहने फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजूले जानकारी दिए ।

नजिक आइरहेको तिहार तथा छठ पर्वलाई लक्षित गरी आयोजना हुन लागेको सो प्रतिस्पर्धात्मक प्रदर्शनीमा विभिन्न प्रजातिका फूल तथा फूलका बिरुवाको प्रदर्शनी तथा बिक्री वितरण गरिने भएको छ ।

गोदावरी फूलका विभिन्न प्रकारमध्ये मुख्यतः स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिने भएको छ । प्रतिस्पर्धामा बाहिर देशबाट माउबोटका रुपमा आयात गरी उत्पादन बिस्तार गरिएका करीब १६ नयाँ प्रजातिको गोदावरी फूलकोसमेत प्रदर्शनीमा समावेश गरिने भएको छ । मेलामा रु ५० लाखको कारोबार हुने अनुमान गरिएको छ ।

नेपाल फूलमा आत्मनिर्भर छैन । गत वर्ष नेपालले रु २० करोडको फूल आयात गरेको थियो । गत वर्ष तिहारमा झण्डै तीन लाख माला भारतबाट आयात भएका थिए ।

फूलखेती व्यावसायिक ढङ्गले शुरुआत भएको २५ वर्ष पुगेको छ । विसं २०११ बाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा शुरु भएको फूल व्यवसाय आर्थिक वर्ष २०७५/०७६ सम्म आइपुग्दा ४३ जिल्लामा विस्तार भएको छ ।

करीब ८०० फूल व्यवसायी अगाडि बढेका छन् । लगभग तीन हजार १४० रोपनीमा पुष्पखेती भएको छ भने यसबाट ४३ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ७ : २५ बजे

मोरङमा दुई अस्थायी मतदान केन्द्र राख्न आयोगलाई सिफारिस

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको लागि मोरङमा

मानकाजी ग्याबा एमाले त्यागेर कांग्रेस प्रवेश, मोहन आचार्यले गरे स्वागत

रसुवा– नेकपा एमाले बागमती प्रदेश सल्लाहकार कमिटी सदस्य तथा पूर्व

गैरआवासीय नेपालीका ११८ पेशाकर्मीको संयुक्त अपिल : कांग्रेसलाई मतदान गरौँ

काठमाडौं- अमेरिका लगायतका विभिन्न मुलुकमा बसोबास गर्दै आएका विभिन्न पेशामा

महिलाले व्यवस्थापन गर्दै छन् जुम्लाको यो मतदान केन्द्र

जुम्ला– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुम्लाको