१० लाख नगदसहित हुण्डी कारोबार गर्ने पक्राउ « Khabarhub

१० लाख नगदसहित हुण्डी कारोबार गर्ने पक्राउ


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रहरीले हुण्डीको कारोबार गर्ने एक जनालाई १० लाख नगदसहित पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा प्रहरीले विराटनगर महानगरपालिका–४ स्थित कन्चनबारी चोकमा अवैध हुण्डी कारोबार गर्ने सुनसरीको बर्जु गाउँपालिका–३ बस्ने २४ वर्षीय उमाकान्त रायलाई पक्राउ गरेको हो ।

पक्राउ परेका रायको साथबाट प्रहरीले १० लाख नगदसहित विभिन्न बैंकको चेकबुक समेत बरामद गरेको जनाएको छ ।

यसैबीच, विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको २ नं‍ ढाटबाट एक भारतीय नागरिकबाट अवैध रुपमा ल्याएको दुई लाख भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार भारत उत्तर प्रदेश बस्ने २४ वर्षीय आसुतोष सोनीको झोला परीक्षणको क्रममा उक्त रकम फेला परेको हो ।

पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय सुनसरीको इटहरीमा बुझाइएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ७ : ३१ बजे

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का