१० लाख नगदसहित हुण्डी कारोबार गर्ने पक्राउ « Khabarhub

१० लाख नगदसहित हुण्डी कारोबार गर्ने पक्राउ


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रहरीले हुण्डीको कारोबार गर्ने एक जनालाई १० लाख नगदसहित पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा प्रहरीले विराटनगर महानगरपालिका–४ स्थित कन्चनबारी चोकमा अवैध हुण्डी कारोबार गर्ने सुनसरीको बर्जु गाउँपालिका–३ बस्ने २४ वर्षीय उमाकान्त रायलाई पक्राउ गरेको हो ।

पक्राउ परेका रायको साथबाट प्रहरीले १० लाख नगदसहित विभिन्न बैंकको चेकबुक समेत बरामद गरेको जनाएको छ ।

यसैबीच, विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको २ नं‍ ढाटबाट एक भारतीय नागरिकबाट अवैध रुपमा ल्याएको दुई लाख भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार भारत उत्तर प्रदेश बस्ने २४ वर्षीय आसुतोष सोनीको झोला परीक्षणको क्रममा उक्त रकम फेला परेको हो ।

पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय सुनसरीको इटहरीमा बुझाइएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ७ : ३१ बजे

नेविसंघ अब कांग्रेसको भातृसंस्था नहुने, कार्यगत स्वायत्तता अपनाउने निर्णय

काठमाडौं – नेपाल विद्यार्थी संघ (नेविसंघ) अब नेपाली कांग्रेसको भातृसंस्थाका

नारायणघाट-बुटवल खण्डमा राति सवारी आवागमनमा रोक

नवलपरासी – वर्षाका कारण सडक चिप्लो भएपछि नारायणघाट-बुटवल सडकखण्ड अन्तर्गत

समयसीमा १५ दिन बाँकी रहँदा यातायात विभागबाट २५ हजार मात्रै लाइसेन्स वितरण

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा

संसद् हाँक्ने दुई नेताको खोजीमा रास्वपा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीमा बालेन्द्र शाह यही १३ गते