महिला भलिबल टोलीको कप्तानी अरुणालाई « Khabarhub

महिला भलिबल टोलीको कप्तानी अरुणालाई


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय महिला भलिबल टोलीको कप्तानी अरुण शाहीले पाएकी छन् ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को बन्द प्रशिक्षणमा रहेको नेपाली टोली पूर्व कप्तान विनिता बुढाथोकि प्रारम्भिक टोलीमै नअटाएपछि कप्तान विहीन थियो ।

सागको बन्द प्रशिक्षण र बंगलादेशमा हुने एचिसि सेन्ट्रल जोन महिला भलिबलका लागि बुधबार थाइल्यान्ड जानु अघि टोलीके कप्तानको जिम्मेवारी शाहीलाई दिइएको छ ।

टोलीको कप्तानी पाउँदा जिम्मेवारी बढेको महसुस भएको अरुणा शाहीले बताएकी छन् ।

‘टोलीको नेतृत्व पाउँदा खुसी लागिरहेको छ । खेलाडीमात्रै हुँदा भन्दा कप्तान भएसँगै अब टोलीमा थप जिम्मेवारी बढेको महसुस भएको छ,’ कप्तान शाहीले खबरहबसँग भनिन्,‘टोलीमा केही नयाँ र केही पुराना साथिहरु छन् तर, यसले पनि टोली राम्रो हुने मेरो विश्वास छ ।’

बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालको नेतृत्व अरुणाले गर्ने छिन् ।

अब नेपालले अरुणाको कप्तानीमा पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन खेल्ने छ । एभिसी सेन्ट्रल जोन कात्तिक २२ देखि २७ गतेसम्म हुनेछ भने साग आगामि मंसिर १५ देखि २४ सम्म काठमाडौं र पोखरामा हुँदैछ ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ८ : २० बजे

सरकारसँग सुस्मिताको गुहार : मेरो नागरिकता फिर्ता दिएर गरिखान देऊ

उर्लाबारी, मोरङ – ‘मेरो आफ्नै सक्कली नागरिकता हातमा भइदिएको भए

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

काठमाडौं– सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित