बक्सिङको बन्द प्रशिक्षण शुरु « Khabarhub

बक्सिङको बन्द प्रशिक्षण शुरु


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत बक्सिङ खेलको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ ।

बन्द प्रशिक्षणमा १६ खेलाडीमध्ये ११ जना सहभागी भएका छन् । बाँकी पाँच खेलाडी चीनमा आयोजना हुने ‘वल्र्ड आर्मी च्याम्पियनशीप’मा भाग लिन त्यसतर्फ गएका छन् ।

बन्द प्रशिक्षणमा महिला ४८ किलोतर्फ ललिता महर्जन, ५१ किलोतर्फ माला राई, ५७ किलोतर्फ चन्द्रकला थापा, ५४ किलोतर्फ मिनु गुरुङ, ६० किलोतर्फ सङ्गीता सुनार र ६४ किलोतर्फ पुनम रावल छन् ।

यस्तै पुरुष ४९ किलोतर्फ सुशिल थापा मगर, ५२ किलोतर्फ तेजबहादुर देउवा, ५६ किलोतर्फ पुरन राई, ६० किलोतर्फ शनिल शाही, ६४ किलोतर्फ भुपेन्द्र थापा, ६९ किलोतर्फ विकास लामा, ७५ किलोतर्फ दीपक श्रेष्ठ, ८१ किलोतर्फ मनोहर बस्नेत, ९१ किलोतर्फ अर्जुन सिगु र ९१ किलो बढी तौलमा आशिष दुवाडी बन्द प्रशिक्षणमा छन् ।

नेपाली टोलीलाई उज्वेकिस्तानका अन्तर्राष्ट्रिय प्रशिक्षक अलि शेर राखि मोभले तथा नेपाली प्रशिक्षकहरु प्रकाश थापा मगर, ओलम्पियन प्रविन तुलाधर, ओलम्पियन डम्बरदत्त भट्ट, दीपक महर्जन र किशोर लिम्बु, प्रेमबहादुर पौंजु र प्रमिला राईले प्रशिक्षण दिनेछन् ।

बन्द प्रशिक्षणका लागि पोखरा आएको टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङ तथा विभिन्न खेलकूद सङ्घसंस्थाका प्रतिनिधिले स्वागत गरेका थिए । सागमा बक्सिङसहित आठ खेल पोखरामा खेलाइनेछ ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ८ : ५९ बजे

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार

मनकामना माइक्रो दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस