उपनिर्वाचनः दुई वडाध्यक्षका उम्मेदवार विरुद्ध उजुरी | Khabarhub Khabarhub

उपनिर्वाचनः दुई वडाध्यक्षका उम्मेदवार विरुद्ध उजुरी


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी मङ्सिर १४ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये दुई उम्मेदवारको विरुद्धमा उजुरी परेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–१० का वडाध्यक्ष पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार देवराज भारतीको विरोधमा स्वतन्त्र उम्मेदवार शिवभक्त ठाकुर (नाउ)को उजुरी परेको छ ।

यस्तै पाँचथरको फिदिम नगरपालिका–१ का वडाध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)का उम्मेदवार जानुका थाम्सुहाङको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मिलन गिरीको उजुरी दर्ता भएको छ ।

आयोगका अनुसार कूल ३५ जिल्लाका ४४ स्थानीय तहमा विभिन्न ४८ पदको लागि उम्मेदवारको विरोधमा विहीबार उजुरी दिने कार्यतालिका रहेको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ५ : ५६ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा