चाइनीज ताइपेइविरुद्ध कुवेतको ९ गोल « Khabarhub

चाइनीज ताइपेइविरुद्ध कुवेतको ९ गोल


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप छनोट २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तरगत नेपालले मंसिर ३ गते कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालको होम गेम रहेको उक्त खेल दशरथ रंगशाला तयार हुन नसक्दा भुटानको थिम्पुमा हुने तय भएको छ ।

नेपालसँग खेल्नु अघि कुवेतले आफ्नो घरेलु मैदानमा भएको चाइनीज ताइपेइविरुद्धको खेलमा शानदार जित हात पारेको छ ।

अल कुवेत स्पोट्स स्टेडियममा भएको खेलमा ताइपेइमाथि ९–० गोलको जित हात पारेको छ । जसमा कुवेतका ७ जना खेलाडीले गोल गरेका छन् ।
ताईपेविरुद्धको प्रभावशाली जितसँगै कुवेत समूह बीको दोस्रो स्थानमा उक्लिएको छ ।

कुवेतको जितमा युसेफ नासेर अल सुलैमानले दुई गोल तथा फहाद अल अन्सारी, मुबारक अल फनेनी, बादेर अल मुतुवा, सविव अलखल्दी, फैसल अल हर्वी, सविव अल खाईदी र फासल अल अजेमीले एक–एक गोल गरे ।

कुवेतले एक गोल आत्मघाती उपहार पायो ताईपेका चेन वेई चुअनले आत्माघाति गोल गरेका थिए ।

नेपालसँग खेल्न ५ दिन अगाडि ताइपेइविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको कुवेत उच्च मनोवलका साथ भुटान पुग्ने भएको छ । यसअघि कुवेतसँग ७–० गोलले पराजित भएको नेपाल भुटानमा अंक खोस्ने लक्ष्यमा रहेको छ ।

जितसँगै कुवेतले समूह बीबाट सन् २०२३ एसिया कपको तेस्रो चरण छनोटको सम्भावना बलियो बनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ११ : १४ बजे

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल