तपाईको बालबालिकामा औंला चुस्ने बानी छ ? यस्तो छ असर « Khabarhub

तपाईको बालबालिकामा औंला चुस्ने बानी छ ? यस्तो छ असर


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईको बालबालिकामा औंला चुस्ने बानी छ ? यदी यस्तो बानी छ भने तुरुन्त परीवर्तन गर्न सिकाउनुस् । किनकी बाल्यअवस्थामा औंला चुस्ने बानीले बालबालिकाको दाँतको विकास राम्रोसँग हुँन दिदैन ।

औंला चुस्ने बानीले गर्दा बालबालिकाको अगाडीको दाँतमा खाली ठाउँ अर्थात दातहरु मिलेको हुँदैन । बाल्यअवस्थामा औंला चुस्ने बानीले गर्दा वयश्क भएपछि दाँतहरुको बीचमा खालीभाग प्रष्ट देखिन्छ ।

दाँतको विकास हुने समयमा बालबालिकाहरु औंला चुसेर बस्दा गिजामा दवाव गर्छ । जसले गर्दा दाँतको विकास स्वतन्त्र रुपमा हुन पाउँदैन । त्यसले गर्दा दाँतको बीचमा खाली भाग रहन्छ ।

बाल्यअवस्थामा यो विषयमा ख्याल नभएपनि वयश्क हुँदा प्रष्ट देखिने हुँनाले कतिले दन्त चिकित्सकको पुगेर दाँतलाई पछि मिलाउने समेत गर्छन् ।  तपाई कतिले यस्तो समस्या भोग्नुभएको होला । त्यसैले तपाईलाई परेको समस्या तपाईका बालबालिकालाई भोग्न नदिन सानैमा औंला चुस्ने बानी परिवर्तन गर्न लगाउनुपर्छ ।

औंला चुस्ने बानीले दाँतलाई मात्र होइन बालबालिकाको स्वास्थ्य लाई पनि असर पर्छ । औंलामा भएको रोगका किटाणुहरु सहजै शरीरिभित्र प्रवेश गरी विभिन्नरोगहरु पनि लाग्न सक्ने भएकाले बालबालिकालाई औंला चुस्न दिनु हुँदैन ।

बालबालिकामा औंला चुस्ने बानी छ भने परिवर्तन गराउन किनै गाह्रो हुन्छ । त्यस्तो अवस्थामा अभिभावकले शुरु मा सम्झाउने र सम्झाउदा पनि अटेर गरेमा उनीहरुलाई नम नपर्ने खानेकुरा औंलामा लगाइदिदा उनीहरुमा औंला चुस्ने बानी विस्तारै हट्छ । विशेषगरी आमाको दुध प्रयाप्त मात्रामा पीउन नपाएका बालबालिकामा औंला चुस्ने बानी बस्ने भएकाले आफ्नो बच्चालाई पूर्ण स्तनपान गराउनुपर्छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ५ : ०५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्