पारसलाई ‘अनफलो’ गरेका सन्दीपले गरे ‘फलो ब्याक’ « Khabarhub

पारसलाई ‘अनफलो’ गरेका सन्दीपले गरे ‘फलो ब्याक’


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान पारस खड्कालाई युवा स्टार सन्दीप लामिछानेले ट्वीटरमा फलो गरेका छन् ।

टि–१० लिग खेल्न युएई पुगेका सन्दीपले पारसलाई फलो गरेका हुन् । यसअघि सन्दीपले पारसलाई ट्वीटरबाट अनफलो गरेका थिए । जसका कारण सन्दीपको आलोचना पनि भएको थियो ।

सन्दीपको ट्वीटरमा १ लाख ७० हजार ६ सय फलोअर रहेका छन् भने उनले मात्रै १९ जनालाई फलो ब्याक दिएका छन् । जसमा पारससँगै अस्ट्रेलियाका पूर्व कप्तान ग्लेन म्याक्सवेल, माइकल क्लार्कसहित नेपाली क्रिकेट टोलीका खेलाडीलाई फलो ब्याक दिएका छन् ।

सन्दीले बिहीबार राति टि–१० का लागि युएईमा रहेका निवर्तमान कप्तानसँगको फोटोसमेत सार्वजनिक गरेका थिए । यसअघि सामाजिक सञ्जालमा पारसलाई अनफलो गरेको भन्दै पारसका प्रशंसकले सन्दीपको आलोचना गरेका थिए ।

टि–१० मा पहिलो पटक परेका पारसको टोली अबुधाबी समूह बि मा छ । उसले आफ्नो पहिलो खेल आज खेल्दैछ । अबुधाबीले कलन्दर्ससँग प्रतिस्पर्धा गर्दै लिगमा शुरुवात गर्दैछ ।

पहिलो पटक लिग खेल्न युएई पुगेका नेपाली टोलीका निवर्तमान कप्तान खड्काले भने टोलीको पहिलो खेलमा स्थान पाउने नपाउने बारे कुनै संकेत छैन् ।
यता, लेग स्पिनर लामिछाने कर्नाटक टस्कर्समा आवद्ध छन् । उनको टोली समूह ए मा रहेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  १२ : २३ बजे

शिक्षा पोखरेलको सम्पत्ति : घरजग्गा, सेयर र सवारीसहित २४ करोड

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको कुल

मन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको

ऊर्जामन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५८ लाख रुपैयाँ बैंक मौज्दात

काठमाडौं- सरकारले सार्वजनिक गरेको पछिल्लो सम्पत्ति विवरणअनुसार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग

मन्त्री सीता वादीको सम्पत्ति : २० कुखुरा र एउटा कुकुर, बैंकमा १५ लाख मौज्दात

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग

गृहमन्त्री गुरुङको नाममा १९ रोपनी जग्गा, ८९ तोला सुन र ६ किलो चाँदी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङको नाममा उल्लेख्य मात्रामा जग्गा र सुनचाँदी