नायिका शिल्पा पोखरेल साधारण तारेखमा रिहा « Khabarhub

नायिका शिल्पा पोखरेल साधारण तारेखमा रिहा


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बहुविवाहको मुद्दा खेपेकी नायिका शिल्पा पोखरेल साधारण तारेखमा रिहा भएकी छिन् ।

निर्माता छविराज ओझासँगको बहुविवाहको मुद्दामा उजुरी परेपछि प्रहरीको खोजी सूचीमा रहेकी शिल्पा शुक्रवार जिल्ला अदालत काठमाडौंमा हाजिर भएकी थिइन् ।

शिल्पालाई न्यायाधीश मुकेश उपाध्यायको इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

जिल्ला अदालतले यसअघि शिल्पालाई पक्राउ पूर्जी जारी गरेको थियो । अदालतले छवि ओझा र उजुरीकर्ता हेमा ओझाबीच अंशबण्डा भइसकेकाले प्रारम्भिक आधार र प्रमाणका आधारमा नै प्रतिवादी (शिल्पा)लाई दोषी मान्न सकिने आधार नदेखिएको भन्दै साधारण तारेखमा रिहा गरेको हो ।

छविराज ओझा र शिल्पाले वि.सं. २०७३ असारमा बिहे गरेका थिए ।

पारिवारिक मनमुटाव भएपछि गत असारमा पति छवि ओझाविरुद्ध शिल्पा पोखरेलले उजुरी दिएकी थिइन् । उनले आफू घरेलु हिंसामा परेको भन्दै उजुरी दिएकी थिइन् ।

उक्त उजुरीमा मिलापत्र गरिए पनि शिल्पाले पारपाचुके पक्रिया अगाडि बढाएकी थिइन् । शिल्पाले छविसँग पारपाचुके गर्ने प्रक्रिया अगाडि बढाएपछि छविराजकी पहिली श्रीमतीले हेमा ओझाले शिल्पा र छविविरुद्ध बहुविवाहको उजुरी दर्ता गरेकी थिइन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ४ : ३५ बजे

सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट