नायिका शिल्पा पोखरेल साधारण तारेखमा रिहा « Khabarhub

नायिका शिल्पा पोखरेल साधारण तारेखमा रिहा


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बहुविवाहको मुद्दा खेपेकी नायिका शिल्पा पोखरेल साधारण तारेखमा रिहा भएकी छिन् ।

निर्माता छविराज ओझासँगको बहुविवाहको मुद्दामा उजुरी परेपछि प्रहरीको खोजी सूचीमा रहेकी शिल्पा शुक्रवार जिल्ला अदालत काठमाडौंमा हाजिर भएकी थिइन् ।

शिल्पालाई न्यायाधीश मुकेश उपाध्यायको इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

जिल्ला अदालतले यसअघि शिल्पालाई पक्राउ पूर्जी जारी गरेको थियो । अदालतले छवि ओझा र उजुरीकर्ता हेमा ओझाबीच अंशबण्डा भइसकेकाले प्रारम्भिक आधार र प्रमाणका आधारमा नै प्रतिवादी (शिल्पा)लाई दोषी मान्न सकिने आधार नदेखिएको भन्दै साधारण तारेखमा रिहा गरेको हो ।

छविराज ओझा र शिल्पाले वि.सं. २०७३ असारमा बिहे गरेका थिए ।

पारिवारिक मनमुटाव भएपछि गत असारमा पति छवि ओझाविरुद्ध शिल्पा पोखरेलले उजुरी दिएकी थिइन् । उनले आफू घरेलु हिंसामा परेको भन्दै उजुरी दिएकी थिइन् ।

उक्त उजुरीमा मिलापत्र गरिए पनि शिल्पाले पारपाचुके पक्रिया अगाडि बढाएकी थिइन् । शिल्पाले छविसँग पारपाचुके गर्ने प्रक्रिया अगाडि बढाएपछि छविराजकी पहिली श्रीमतीले हेमा ओझाले शिल्पा र छविविरुद्ध बहुविवाहको उजुरी दर्ता गरेकी थिइन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ४ : ३५ बजे

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान

आईपीएल क्रिकेट : पञ्जावको लगातार दोस्रो जित, चेन्नइ पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले लगातार दोस्रो

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी