कलाकार सागर लम्साल ‘बले’ पक्राउ « Khabarhub

कलाकार सागर लम्साल ‘बले’ पक्राउ


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश थापाले उनलाई काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको कपनस्थित बालुवाखानीबाट पक्राउ गरिएको जानकारी दिए ।

कलाकार लम्सालमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन् । उनले शुक्रबार बलेमाथि अमेरिकामै बलात्कार गरेको बताउँदै फेसबुकमा लेखेकी थिइन् ।

सोही आरोपबारे अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको एसएसपी थापाले जानकारी दिए ।

एक वर्षअघि बले अमेरिका आएको बेला आफ्नो अपार्टमेन्टमै जबर्जस्ती गरेको युवतीको दाबी छ ।

आफू सानै उमेरदेखि डिप्रेसन र एन्जाइटी डिसअर्डरसँग जुधिरहेको बेला दाइ मानेको व्यक्तिबाट घृणित कार्य भएको उनले उल्लेख गरेकी थिइन् ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ८ : ५० बजे

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय