भलिबल विजेता महिला टोलीलाई जनही तीन लाख दिने घोषणा « Khabarhub

भलिबल विजेता महिला टोलीलाई जनही तीन लाख दिने घोषणा


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  बंगलादेशमा सम्पन्न पहिलो संस्करणको एसियन भलिबल कन्फेरेडेसन (एभिसी) सेन्ट्रल जोन विजेता नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्ले जनही तीन लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

ऐतिहासिक जित हासिल गरेका महिला टोलीलाई सम्मान सहित जनही तीन लाख दिने घोषणा भएको राखेपका सदस्य सचिव रमेश सिलवालले जानकारी दिए । नेपाली टोली शुक्रबार स्वदेश फर्किएको हो । स्वदेश फर्किने क्रममा महिला भलिबल टोलीलाई भव्य स्वागत गरिएको थियो ।

खेलाडीलाई स्वागत गर्न पूर्व खेलकुद मन्त्री दलजित श्रीपाइली, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना, नेपाल भलिबल संघका पदाधिकारी तथा खेलप्रेमीहरु विमानस्थलमा पुगेका थिए ।

गत बिहीबार भएको फाइनलमा नेपाली महिला टोलीले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तर्राष्ट्रिय उपाधि चुम्न सफल भएको थियो । नेपाली महिला टोली एभिसीमा अपराजित रहँदै उपाधि हात पार्न सफल भएको हो ।

यसअघि सन् २०१४ मा काठमाडौंमा भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा नेपाली टोलीले रजत पदक जितेको थियो भने दक्षिण एसियाली खेलकुद (साग) मा तीन कास्य जितेको छ ।

विजेता टोलीले टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्नेछ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ५ : ०२ बजे

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान

आईपीएल क्रिकेट : पञ्जावको लगातार दोस्रो जित, चेन्नइ पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले लगातार दोस्रो

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी