मन्त्रिपरिषद् बैठक बस्दै, थापालाई प्रेस सल्लाहकार बनाउने तयारी « Khabarhub

मन्त्रिपरिषद् बैठक बस्दै, थापालाई प्रेस सल्लाहकार बनाउने तयारी


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त हुने भएका छन् ।

नेकपाका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख रहेका थापालाई प्रधानमन्त्र केपी ओलीको प्रेस सल्लाहकारमा नियुक्त गर्ने तयारी भएको नेकपा निकट श्रोतको दाबी छ ।

आज साँझ बस्ने मन्त्रिपरिषद् बैठकले थापालाई नियुक्त गर्ने निर्णय गर्ने तयारी गरेको श्रोतको दाबी छ ।

यस अघि प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल थिए ।

प्रधानमन्त्री ओलीले सचिवालयमा रहेकालाई राजीनामा दिन भनेपछि अर्याल लगायतले राजीनामा दिएका थिए ।

प्रधानमन्त्री ओलीको सचिवालयबाट राजीनामा दिने ६ जनाको राजीनामा स्वीकृत भएको थियो ।

मंसिर १ गतेदेखि लागूहुने गरी राजीनामा दिएकामध्ये प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर अपरेटर उदय पोखरेलको राजीनामा स्वीकृत भएको छ ।

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा भने विष्णु रिमाल र परराष्ट्र सल्लाहकार राजन भट्टराई यथावत रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ५ : ०३ बजे

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान

आईपीएल क्रिकेट : पञ्जावको लगातार दोस्रो जित, चेन्नइ पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले लगातार दोस्रो

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी