नेपाल भारत ‘बी’ सँग २ विकेट पराजित « Khabarhub

नेपाल भारत ‘बी’ सँग २ विकेट पराजित


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा जारी यू–१९ च्यालेन्जर्स एक दिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा नेपाल २ विकेटले पराजित भएको छ ।

शुक्रबार भएको लिग चरणको अन्तिम खेलमा नेपाल भारतको ‘बी’ टिमसँग पराजित भएको हो । नेपालले दिएको २ सय ११ रनको मध्यम लक्ष्य भारतले ४६ ओभर ३ बलमा ८ विकेट गुमाएर पुरा गरेको हो ।

भारतको जितका दिभ्यनास जोशीले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । ३७ बल खेलेका उनले आक्रामक ब्याटिङ गर्दै ४ छक्का र ४ चौकाको मद्दतमा ५४ रन बनाए । यस्तै कृतिक कृष्ण शेट्टिले ३९, हर्ष राजेस जम्वालले २९, सागर सुरेन्द्र कुमार दहियाले २८, आथर्भा बिनोदले १२ तथा निर्मल कुमारले अविजित २० रन बनाए ।

नेपालका आकाश चन्दले ४ तथा सागर ढकालले २ विकेट लिए । यस्तै कुशल मल्ल र शेर मल्लले १/१ विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा अलआउट हुँदै २ सय १० रन बनाएको थियो ।

नेपालका कप्तान रित गौतमले सर्वाधिक ८४ रनको अर्धशतकीय इनिङ्स खेले । ९३ बल खेलेका रितले १२ चौका र १ छक्का प्रहार गरे ।

यस्तै शेर मल्लले ३३, हरिबहादुर चौहानले २०, आकास चन्दले १८ र कुशल मल्लले १२ रन बनाए । भारतका दिभ्यनास जोशीले ३ तथा अथर्भा बिनोद अन्कोलेकरले २ विकेट हात परे । यो हारसँगै अंक तालिकाको पुछारमा रहेको नेपालले तेस्रो स्थानका लागि तालिकाको तेस्रो स्थानमा रहने टिमसँग आइतबार खेल्नेछ ।

यसअघि दुई खेलमा नेपाल भारतको ‘सी’ टिमसंग १० विकेट र भारत ‘ए’ टिमसँग १ सय ७ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ६ : ३५ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा