दश करोड राजश्व छली अभियोगमा मुद्दा दर्ता « Khabarhub

दश करोड राजश्व छली अभियोगमा मुद्दा दर्ता


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेपलाञ्चोक घर भई काठमाडौँ महानगरपालिका–३४ बस्ने लक्की एएस इन्टरप्राइजेजका सञ्चालक सुनिलकुमार गौतमले रु नौ करोड ९५ लाख ६२ हजार बिगो बराबरको राजश्व छली गरेको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

झुटा तथा नक्कली भ्याट बिल प्रयोग गरी राजश्व छली गरेको भन्दै विभागले गौतमविरुद्ध विगोको दोब्बर जरिवाना र तीन वर्षसम्म कैदको माग दाबीसहित आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

उक्त कम्पनीले मूल्य अभिवृद्धि करको बीजकमात्र खरीद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजश्व चुहावट गरेको अनुसन्धानमा खुलेको विभागले जनाएको छ ।

राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कसुर गरी मूल्य अभिवृद्धि करतर्फ रु तीन करोड ५९ लाख ९९ हजार र आयकरतर्फ रु छ करोड ३५ लाख ६३ हजार राजश्व चुहावट गरेको विभागले जनाएको छ ।

यसअघि पछिल्लो एक सातामा मात्रै विभागले झण्डै रु २१ करोड बिगो बराबरको राजश्व छली गरेको आरोपमा भारतीय नागरिकसहित १६ विरुद्ध मुद्दा चलाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ६ : ५२ बजे

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा) भित्र करिब एक हजार ९०० सहकारी

पीडादेखि समाज परिवर्तनको अभियानसम्म, ‘बिर्सिएका नानीहरू’

हेटौँडा– जन्मिँदा त कृष्णजस्तै सुन्दर बाबु भनेर सबैले काखमा बोके,

फेवाताल छेउछाउका संरचना भत्काइएपछि स्थानीयको विरोध (तस्बिरहरू)

पोखरा– पोखरा महानगरपालिकाले फेवाताल छेउछाउमा बनाइएका संरचनामा डोजर चलाएपछि स्थानीयवासीले

त्रिभुवन विमानस्थल क्षेत्रबाट यात्रुलाई दुःख दिने १८ जना पक्राउ

काठमाडौँ– प्रहरीले त्रिभुवन विमानस्थल क्षेत्रबाट १८ जनालाई पक्राउ गरेको छ

नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

काठमाडौँ– मानिसको जीवनको यात्राले कहिलेकाहीँ यस्तो मोड ल्याउँछ, जहाँ बाटो