प्रभु बैंकको एक अर्बको डिवेञ्चर बाँडफाँड « Khabarhub

प्रभु बैंकको एक अर्बको डिवेञ्चर बाँडफाँड


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंक लिमिटेडले जारी गरेको ‘१०.२५ प्रतिशत प्रभु बैंक डिबेञ्चर–२०८६’ एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँड भएको छ ।

१० वर्षको भुक्तानी अवधिको ऋणपत्र शुक्रबार बाँडफाँड गरिएको हो । कात्तिक २१ देखि सार्वजनिक निष्काशन गरिएको ऋणपत्रका लागि न्यूनतम २५ कित्ता र अधिकतम ४ लाख कित्तासम्मको लागि आवेदन माग गरिएको थियो ।

कूल एकअर्बको डिबेञ्चरमध्ये ४० करोड रुपैयाँबराबरको ४० लाख कित्ता सर्वसाधारणहरुका लागि र ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता ऋणपत्र परिपत्र विधिबाट संस्थागत र व्यक्तिहरुलाई बिक्रीका लागि आवेदन माग गरेको थियो ।

छिटोमा कार्तिक २५ गते र ढिलोमा मंसिर २० मा बन्द हुने गरी गत २१ गते निष्काशन गरेको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ९ : ५५ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम