प्रभु बैंकको एक अर्बको डिवेञ्चर बाँडफाँड « Khabarhub

प्रभु बैंकको एक अर्बको डिवेञ्चर बाँडफाँड


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंक लिमिटेडले जारी गरेको ‘१०.२५ प्रतिशत प्रभु बैंक डिबेञ्चर–२०८६’ एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँड भएको छ ।

१० वर्षको भुक्तानी अवधिको ऋणपत्र शुक्रबार बाँडफाँड गरिएको हो । कात्तिक २१ देखि सार्वजनिक निष्काशन गरिएको ऋणपत्रका लागि न्यूनतम २५ कित्ता र अधिकतम ४ लाख कित्तासम्मको लागि आवेदन माग गरिएको थियो ।

कूल एकअर्बको डिबेञ्चरमध्ये ४० करोड रुपैयाँबराबरको ४० लाख कित्ता सर्वसाधारणहरुका लागि र ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता ऋणपत्र परिपत्र विधिबाट संस्थागत र व्यक्तिहरुलाई बिक्रीका लागि आवेदन माग गरेको थियो ।

छिटोमा कार्तिक २५ गते र ढिलोमा मंसिर २० मा बन्द हुने गरी गत २१ गते निष्काशन गरेको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ९ : ५५ बजे

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला