प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा थापा, विकास विज्ञमा थपलिया र आर्थिकमा घिमिरे नियुक्त « Khabarhub

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा थापा, विकास विज्ञमा थपलिया र आर्थिकमा घिमिरे नियुक्त


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा नियुक्त भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई नियुक्त गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको प्रेस सल्लाहकारका रुपमा कार्यरत डा कुन्दन अर्यालले दिएको राजीनामा स्वीकृत गर्दै थापालाई नियुक्त गरिएको हो ।

नेता थापाले यसअघि तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पनि प्रेस सल्लाहकारको रुपमा आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए ।

यसैबीच, बैठकले प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा लालशंकर घिमिरे र विकास विज्ञमा गजेन्द्र थपलिया नियुक्त गरेको छ ।

१२ सदस्यीय सचिवालयमध्ये यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ११ जनालाई राजीनामा दिन भनेका थिए । ११ मध्ये ३ जना नयाँ नियुक्त भएका छन् भने अन्य सबै पूर्ववत् जिम्मेवारीमा फर्किएका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  १० : ५१ बजे

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला