भारत र पाकिस्तानको मौसमी प्रणालीको असर नेपालमा « Khabarhub

भारत र पाकिस्तानको मौसमी प्रणालीको असर नेपालमा


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले गर्दा नेपालमा सामान्य मौसम बदली भएको छ ।

पाकिस्तान तथा आसपासका क्षेत्रमा पश्चिमि न्यून चापीय प्रणाली रहेको छ । साथै भारतको राजस्थानमा न्यून चापिय प्रणालि विकशित भएको छ | यिनै मौसमी प्रणालिहरूको सामान्य असर नेपालमा परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका मध्य र पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहेको छ |

तीन दिनको मौसम पूर्वानुमान

शनिबार आज दिउँसो देशका मध्य र पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी भू- भागमा आंशिक बदली भएको छ । मध्य र पश्चिमि पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ । पश्चिमी र मध्य उच्च हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंसिर १ गते (आइतबार) देशका पूर्वि पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली, मध्य पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू – भागमा मौसम सामान्यतया सफा रहने छ । पूर्वी र मध्य पहाडी भु-भागका एक वा दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

मंसिर १ गते (सोमबार) देशका पूर्वी तथा मध्य भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू – भागमा आंशिक बदली रहने छ । पूर्वी पहाडी भू-भागका थोरै र मध्य पहाडी क्षेत्रका १-२ स्थानमा हल्का बर्षा हुने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ५ : २५ बजे

मधेस प्रदेश सरकारले प्रहरीलाई १२ पिकअप हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र

खोटाङको ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन

खोटाङ– खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका दुई वडामा एकैपटक तीन खानेपानी आयोजना

अशक्त तथा अपाङ्गता भएका नागरिकलाई घरमै नागरिकता

बैतडी– बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल