वाग्मती सफाइ– पाँच दूतावासका प्रतिनिधि उपस्थित | Khabarhub Khabarhub

वाग्मती सफाइ– पाँच दूतावासका प्रतिनिधि उपस्थित


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वाग्मती सफाइ महाअभियानमा नेपालस्थित पाँचवटा राजदूतावासका प्रतिनिधि पनि उपस्थित भएर ऐक्यबद्धता जनाएका छन् ।

वाग्मती सफाइ महाअभियानको ३४०औँ हप्तामा थापाथली पुलपारी ललितपुरतर्फको नदी क्षेत्रमा सफाइ गरिएको थियो ।

सफाइमा अमेरिका, भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काका प्रतिनिधि सहभागी भएर सक्रियता देखाएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिइन् ।

सफाइमा २५ वटा संस्थाका ७०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । सफाइबाट १० मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा पूर्वमुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार, ललितपुर महानगरपालिका–१० का जनप्रतिनिधि लगायतको पनि सक्रियता थियो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ३०२औँ हप्तामा जम्बुडाँडामुनिको नदी किनारमा सफाइ गरियो । वाग्मती सुन्दरता सरोकार मञ्चको संयोजनमा भएको सफाइबाट कुहिने फोहरलाई खाडल खनेर गाडियो । नकुहिने फोहरलाई गोकर्णेश्वर नगरपालिकाले व्यवस्थापन गरेको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए ।

रुद्रमती सफाइ अभियानको २९१औँ हप्तामा रातोपुलबाट कालोपुलसम्मको भागमा सफाइ गरिएको थियो । नदी किनारको दायाँबायाँ रोपिएका बिरुवामा पानी हाली गोडमेलसमेत गरिएको अभियानकर्मी रोहित गिरीले जानकारी दिए ।

यसैगरी विष्णुमती सफाइ अभियानको २६७औँ हप्तामा तारकेश्वर नगरपालिका–१० र टोखा नगरपालिका–११ को सीमास्थित मनमैँजु पुलबाट उत्तरतर्फ कार्यक्रम गरियो ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, टोखा ११ का वडाध्यक्ष उत्तम अधिकारी लगायतको सहभागिता रहेको संयोजक शोभाकान्त पाण्डेले जानकारी दिए ।
चक्रपथको पश्चिम खण्ड सफाइको ११९औँ हप्तामा वाफल क्षेत्रमा जनचेतनामूलक अभियान सञ्चालन गरिएको संयोजक ताराबहादुर कुँवरले बताउनुभयो । अभियानमा १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

प्रत्येक हप्ताको शनिबारझैँ आज पनि उपत्यकाका चक्रपथको उत्तरी खण्ड, वाग्मतीको सुन्दरीघाट, तिलगंगा, गुह्येश्वरी, आलोकनगर, ललितपुरको गोदावरी खोला लगायत स्थानमा पनि सफाइ गरिएको थियो ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि उपत्यकालगायत देशभर सफाइमा जागरण फैलिएको छ । हाल देशभर १०५ भन्दा बढी स्थानमा स्वतस्फूर्त रुपमा सफाइ भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ६ : २० बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग