वाग्मती सफाइ– पाँच दूतावासका प्रतिनिधि उपस्थित « Khabarhub

वाग्मती सफाइ– पाँच दूतावासका प्रतिनिधि उपस्थित


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वाग्मती सफाइ महाअभियानमा नेपालस्थित पाँचवटा राजदूतावासका प्रतिनिधि पनि उपस्थित भएर ऐक्यबद्धता जनाएका छन् ।

वाग्मती सफाइ महाअभियानको ३४०औँ हप्तामा थापाथली पुलपारी ललितपुरतर्फको नदी क्षेत्रमा सफाइ गरिएको थियो ।

सफाइमा अमेरिका, भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काका प्रतिनिधि सहभागी भएर सक्रियता देखाएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिइन् ।

सफाइमा २५ वटा संस्थाका ७०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । सफाइबाट १० मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा पूर्वमुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, काठमाडौँ महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार, ललितपुर महानगरपालिका–१० का जनप्रतिनिधि लगायतको पनि सक्रियता थियो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ३०२औँ हप्तामा जम्बुडाँडामुनिको नदी किनारमा सफाइ गरियो । वाग्मती सुन्दरता सरोकार मञ्चको संयोजनमा भएको सफाइबाट कुहिने फोहरलाई खाडल खनेर गाडियो । नकुहिने फोहरलाई गोकर्णेश्वर नगरपालिकाले व्यवस्थापन गरेको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए ।

रुद्रमती सफाइ अभियानको २९१औँ हप्तामा रातोपुलबाट कालोपुलसम्मको भागमा सफाइ गरिएको थियो । नदी किनारको दायाँबायाँ रोपिएका बिरुवामा पानी हाली गोडमेलसमेत गरिएको अभियानकर्मी रोहित गिरीले जानकारी दिए ।

यसैगरी विष्णुमती सफाइ अभियानको २६७औँ हप्तामा तारकेश्वर नगरपालिका–१० र टोखा नगरपालिका–११ को सीमास्थित मनमैँजु पुलबाट उत्तरतर्फ कार्यक्रम गरियो ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी, टोखा ११ का वडाध्यक्ष उत्तम अधिकारी लगायतको सहभागिता रहेको संयोजक शोभाकान्त पाण्डेले जानकारी दिए ।
चक्रपथको पश्चिम खण्ड सफाइको ११९औँ हप्तामा वाफल क्षेत्रमा जनचेतनामूलक अभियान सञ्चालन गरिएको संयोजक ताराबहादुर कुँवरले बताउनुभयो । अभियानमा १०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो ।

प्रत्येक हप्ताको शनिबारझैँ आज पनि उपत्यकाका चक्रपथको उत्तरी खण्ड, वाग्मतीको सुन्दरीघाट, तिलगंगा, गुह्येश्वरी, आलोकनगर, ललितपुरको गोदावरी खोला लगायत स्थानमा पनि सफाइ गरिएको थियो ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि उपत्यकालगायत देशभर सफाइमा जागरण फैलिएको छ । हाल देशभर १०५ भन्दा बढी स्थानमा स्वतस्फूर्त रुपमा सफाइ भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ६ : २० बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को