५ वर्षमा भारत र १० वर्षमा चीनलाई छुन्छौं– नेता गौतम « Khabarhub

५ वर्षमा भारत र १० वर्षमा चीनलाई छुन्छौं– नेता गौतम


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले नेपालको विकास र सम्मृद्धिले आगामी ५ वर्षमा भारत र १० वर्षमा चीनलाई छुने दाबी गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रमलाई शनिबार राजधानीमा सम्बोधन गर्दै उनले छिमेकी देशको आर्थिक विकासलाई छुने गरि मुलुक विकासको गतिमा अघि बढेको बताएका हुन् ।

गौतमले जनताको मतबाट समाजवाद निर्माण गरेर देखाउने पनि दाबी गरे।

विगतमा बुद्ध र सगरमाथाको नाममा नाम कमाउने काम भएको उल्लेख गर्दै अब भने समाजवाद निर्माण गरेर नेपालले विश्वसामु नाम कमाउने उनले दाबी गरे ।

‘जनताको मतबाट समाजवाद निर्माण गरेर देखाउँछौ, ५ बर्ष सम्म राम्रोसंग काम गर्न पायौ भने ५ बर्षमा भारतलाई हामीले छुन्छौ’ उनले भने, ‘१० बर्षमा चीनलाई छुन्छौ, हामी यही बाटोमा अघि बढेर समाजवाद निर्माण गरेर देखाउँछौ।’

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ६ : ३४ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६