५ वर्षमा भारत र १० वर्षमा चीनलाई छुन्छौं– नेता गौतम « Khabarhub

५ वर्षमा भारत र १० वर्षमा चीनलाई छुन्छौं– नेता गौतम


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले नेपालको विकास र सम्मृद्धिले आगामी ५ वर्षमा भारत र १० वर्षमा चीनलाई छुने दाबी गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रमलाई शनिबार राजधानीमा सम्बोधन गर्दै उनले छिमेकी देशको आर्थिक विकासलाई छुने गरि मुलुक विकासको गतिमा अघि बढेको बताएका हुन् ।

गौतमले जनताको मतबाट समाजवाद निर्माण गरेर देखाउने पनि दाबी गरे।

विगतमा बुद्ध र सगरमाथाको नाममा नाम कमाउने काम भएको उल्लेख गर्दै अब भने समाजवाद निर्माण गरेर नेपालले विश्वसामु नाम कमाउने उनले दाबी गरे ।

‘जनताको मतबाट समाजवाद निर्माण गरेर देखाउँछौ, ५ बर्ष सम्म राम्रोसंग काम गर्न पायौ भने ५ बर्षमा भारतलाई हामीले छुन्छौ’ उनले भने, ‘१० बर्षमा चीनलाई छुन्छौ, हामी यही बाटोमा अघि बढेर समाजवाद निर्माण गरेर देखाउँछौ।’

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ६ : ३४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्