बीस लाख पर्यटक भित्र्याउँछौँ : मन्त्री भट्टराई | Khabarhub Khabarhub

बीस लाख पर्यटक भित्र्याउँछौँ : मन्त्री भट्टराई


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कावासोती– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने गरी अभियान अगाडि बढाएको बताएका छन् ।

कावासोती नगरपालिका–१५ मा तराई भूपरिधि (ताल) परियोजना र कावासोती नगरपालिकाद्वारा निर्मित मुसहर सुरक्षित आवास कार्यक्रमअन्तर्गत घर हस्तान्तरण तथा घरबास (होमस्टे) उद्घाटन कार्यक्रममा मन्त्री भट्टराईले हाल करीब १३ लाख पर्यटक नेपाल भित्रिएको जानकारी दिए । उनले घरबासको स्तर वृद्धि गर्नका लागि आग्रह गरे । मन्त्री भट्टराईले स्थानीय उत्पादन प्रयोगमा जोड दिए ।

“घरबासले स्थानीय उत्पादन र संस्कृति संरक्षणमा सहयोग पु¥याएको छ, यसलाई थप व्यवस्थित बनाउन स्थानीय उत्पादनमा जोड दिनुपर्छ”, मन्त्री भट्टराईले भने । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र भरतपुर विमानस्थलको विस्तारले बाह्य पर्यटक बढाउन मद्दत पुगेको बताए ।

सो अवसरमा मन्त्री भट्टराईले बोटे समुदायद्वारा सञ्चालित घरबासको उद्घाटन गरे । तराई भूपरिधि कार्यक्रमले कावासोती–१५ मा सुरक्षित आवास कार्यक्रमअन्तर्गत २२ घर तथा कावासोती नगरपालिकाले १४ घर निर्माण गरिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ७ : २६ बजे

ओलीले बोल्ने समय नदिएपछि कर्ण थापाले आपत्ति जनाए

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा बोल्न नदिएपछि स्थायी

सहमतिमा यौन सम्बन्ध राखेर ‘हनी ट्रयाप’ थापेकी महिला पक्राउ

सुर्खेत – एक जना पुरुषलाई ‘हनी ट्रयाप’मा पार्ने युवतीलाई प्रहरीले

एमाले केन्द्रीय कमिटी बैठक : १८० जनाले राखे धारणा, विधान संशोधनमा २६४ सवाल सङ्कलन

काठमाडौँ – सत्तारुढ नेकपा (एमाले)को जारी नवौँ केन्द्रीय कमिटी बैठकमा

नयाँ पुस्ताको लडाकु विमानलाई चाहिने इन्जिन बनाउन भारतले फ्रान्ससँग सहकार्य गर्ने

काठमाडौं– भारतको रक्षा मन्त्रालयले नयाँ पुस्ताको लडाकु विमानको इन्जिन निर्माणका

‘स्वतन्त्र व्यापार सम्झौताले भारत र बेलायत दुबै मुलुक लाभान्वित’

काठमाडौं– दक्षिण एशियाका लागि बेलायतकी व्यापार उपायुक्त एन्ना शोटबोल्टले भारत