जनताको स्वास्थ्यप्रति सरकार सचेत – मन्त्री अर्याल « Khabarhub

जनताको स्वास्थ्यप्रति सरकार सचेत – मन्त्री अर्याल


३० कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बालिङ– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकार जनताको स्वास्थ्यप्रति सचेत रहेको बताएकी छिन् ।

वालिङ अस्पताल भकुण्डे र अन्नपूर्ण अस्पताल पोखराको संयुक्त आयोजनामा शनिवार वालिङमा सञ्चालित एकदिने निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै मन्त्री अर्यालले सरकार जनतालाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्न हरसम्भव प्रयासरत रहेको बताइन् ।

“जनताको स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्छ भन्ने मनसायका साथ स्वास्थ्य बीमा कार्यक्रम सरकारले सञ्चालन गरेको हो”, उनले भनिन् । मन्त्री अर्यालले स्वास्थ्य क्षेत्रको विकासबिना समृद्ध नेपाल निर्माण सम्भव नभएको उल्लेख गरिन् ।

वालिङ अस्पतालका अध्यक्ष शोभाकान्त पौडेलले शिविरमा बाल रोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञलगायत सेवा प्रदान गरिने जानकारी दिए । स्याङ्जा, पर्वत र गुल्मीका नागरिकलाई समेत पायक पर्ने भएकाले बढीभन्दा बढी सर्वसाधारणले जनताले सेवा लिन सक्ने उनले बताए।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ९ : २० बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ