शोकमा डुब्यो सिन्धुपाल्चोक, दुर्घटनाले दिएको दर्दनाक पीडा « Khabarhub

शोकमा डुब्यो सिन्धुपाल्चोक, दुर्घटनाले दिएको दर्दनाक पीडा


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– दोलखाको कालिञ्चोक गएर भक्तपुर फर्किदै गरेको बस आइतबार बिहान लामोसाँघु जिरी सडकखण्डको ६ किलो नजिकै दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ ।

१२ याुत्रको घटनास्थलमा र तीन जनाको उपचारका क्रममा सिन्धु सदाबहादर अस्पताल खाडीचौरमा मृत्यु भएको हो ।

दुर्घटनामा एकै परिवारका धेरैले ज्यान गुमाएका छन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ याङलाकोटका शंकर तामाङ केही वर्षदेखि परिवारकासहित भक्तपुरको आदर्श क्षेत्रमा बस्दै आएका थिए ।

श्रीमती र दुई छोरी लिएर कालिञ्चोक तीर्थयात्रबाट फर्किदिै गर्दा भएको बस दुर्घटनामा श्रीमती र दुई छोरीलाई शंकरले गुमाए ।

दुर्घटनामा श्रमीती रश्मा तामाङ, १५ महिनाकी छोरी रोशनी तामाङ र ५ वर्षीया छोरी सबिना तामाङको घटनास्थलमै मृत्यु भयो । शंकरको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा काभ्रे बेथानचोकका रामशरण खत्री र मैया खत्रीको पनि सोही दुर्घटनामा मृत्यु भयो । शनिबार भएकाले सबै आफन्त र परिवारसहित कालिञ्चोक गएको घाइते दोर्ज तामाङले जनाए ।

तामाङको परिबारका मात्रै आठ जना कालिञ्चोक गएको र सबैको अवस्था अहिले थाहा नभएको उनले बताए । ‘मेरो परिबारका धेरै थिए, को कता छन् ? कस्तो अवस्थामा छन् ? थाहै छैन’, तामाङले रुँदै भने ।

पत्ता भाँचिएको गाडी जबर्जस्ती चलाउँदा दुर्घटना भएको हुन सक्ने जनाइएको छ । दुर्घटनामा सिन्धुपाल्चोकको जुगल गाउँपालिका ७ का २८ वर्षीय सुकबहादुर तामाङ, पाँच वर्षीया बालिका सविना तामाङ, १५ वषीया रोशनी तामाङ, २८ वर्षीया मञ्जु तामाङ लगायत छन् ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ५ : ४५ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको