वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट « Khabarhub

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदरमा थप गिरावट आएको छ । 

भदौ महिनामा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूको औसत अधिकतम ब्याजदर व्यक्तिगत निक्षेपतर्फ ४.१३६ प्रतिशत र संस्थागततर्फ ३.०८१ प्रतिशत रहेकोमा असोजमा घटेर क्रमशः ४.०८९५ प्रतिशत र ३.०६५ प्रतिशतमा झरेको हो ।

६ वटा बैंकले गरे ब्याजदरमा परिवर्तन

असोज महिनाका लागि एभरेस्टले दुवैतर्फको ब्याजदर घटाएको छ । भदौमा व्यक्तिगततर्फ ४.०५ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत रहेकोमा असोजमा व्यक्तिगतमा ०.५५ प्रतिशतले घटेर ३.५ प्रतिशत र संस्थागतमा ०.२५ प्रतिशतले घटेर ३.२५ प्रतिशत कायम भएको छ ।

नबिलले भदौमा व्यक्तिगततर्फ ४.५५ प्रतिशत र संस्थागततर्फ ३.०१ प्रतिशत तोकेकोमा असोजमा व्यक्तिगततर्फ ०.३ प्रतिशतले घटाएर ४.२५ प्रतिशत बनाएको छ भने संस्थागततर्फ ३.०१ प्रतिशत नै यथावत राखेको छ ।

त्यस्तै, सिटिजन्सको भदौमा व्यक्तिगत ३.८५ प्रतिशत र संस्थागत ३ प्रतिशत ब्याजदर रहेकोमा असोजमा संस्थागततर्फ ०.२५ प्रतिशतले घटाएर २.७५ प्रतिशत बनाएको छ भने व्यक्तिगततर्फ ३.८५ प्रतिशत नै स्थिर राखेको छ ।

स्ट्याण्डर्ड चार्टर्डले भदौको व्यक्तिगत ३.८ प्रतिशत ब्याजदरलाई असोजमा ०.०५ प्रतिशतले घटाएर ३.७५ प्रतिशत पुर्‍याएको छ भने संस्थागततर्फ दुवै महिना २.७५ प्रतिशत नै कायम नै राखेको छ ।

कुमारीले भदौको व्यक्तिगत ३.७६ प्रतिशत ब्याजदरलाई असोजमा ०.०३ प्रतिशतले घटाएर ३.७३ प्रतिशत बनाएको छ भने संस्थागततर्फ ३.०१ प्रतिशत निरन्तर छ ।

सानिमा बैंकले पनि असोजमा संस्थागत निक्षेपको ब्याजदर बढाएको छ । भदौमा व्यक्तिगत ४.५ प्रतिशत र संस्थागत ३.३ प्रतिशत रहेकोमा असोजमा संस्थागततर्फ ०.२१ प्रतिशतले बढाएर ३.५१ प्रतिशत पुर्‍याएको छ भने व्यक्तिगततर्फ ४.५ प्रतिशत नै स्थिर राखेको छ ।

१४ वटा वाणिज्य बैंकहरूले भने असोज महिनाका लागि भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । प्रभु बैंकले असोज महिनामा व्यक्तिगत निक्षेपतर्फ ४.५५ प्रतिशत ब्याजदर कायम राख्दै व्यक्तिगततर्फ सबैभन्दा उच्च ब्याज दिने बैंक बनेको भने सानिमा बैंकले असोज महिनामा संस्थागत ब्याजतर्फ सबैभन्दा धेरै ३.५१ प्रतिशत ब्याजदर दिने भएको छ ।
 

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ११ : २५ बजे

नास आईटीको आयोजनामा ‘नेपाल टेक रोडशो यूके २०२६’ सम्पन्न, अन्तर्राष्ट्रिय बजार विस्तारमा जोड

बेलायत– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी)

फेरि निखिलको एब्सको चर्चा !

काठमाडौं – ‘नाँच्न जान्दिनँ’ भन्ने निखिलले फिल्म ‘आचार्य’को गीत ‘लै

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले