अमेरिकी दूतावासले भन्यो– लैङ्गिक हिंसाविरुद्धका क्रियाकलाप वर्षैभरी हुनुपर्छ « Khabarhub

अमेरिकी दूतावासले भन्यो– लैङ्गिक हिंसाविरुद्धका क्रियाकलाप वर्षैभरी हुनुपर्छ


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालस्थित अमेरिकी दूतावासले लैङ्गिक हिंसाविरुद्धका क्रियाकलापहरू बर्षैभरी जारी रहनुपर्ने बताएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै दूतावासले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यो बर्षको लागि सकिएको भएपनि समानता र लैङ्गिक हिंसाविरुद्धका क्रियाकलाप बर्षैभरी जारी रहनुपर्ने बताएको हो ।

दूतावासले यो बर्ष लैङ्गिक हिंसाविरुद्धको अभियान मनाउने क्रममा नेपालभरीका हाम्रा अमेरिकन स्पेशहरूले पनि स्थानीय रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको जनाएको छ । उसले लैङ्गिक हिंसा अन्त्यको तपाईले गर्नुभएको पहलका विषयमा समेत आफूहरुसँग बाड्न अनुरोध गरेको छ ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान मनाउँदै गर्दा केही महिनाअघि अमेरिकी दूतावास युवा परिषद् सदस्यहरूले अछामको साँफेबगरस्थित बाबलामा छाउपडी प्रथाबारे जनचेतना कार्यक्रमको समेत आयोजना गरेको थियो ।

छाउगोठमा महिलाको निधन भएको दु:खद् समाचार आउँदै गर्दा दूतावासले सम्बन्धित समुदाय, नागरिक समाज तथा सम्बन्धित सबै सरकारी गैरसरकारी निकायहरूलाई भविष्यमा यस्तो पीडा नदोहोरिने गरी काम गर्न आग्रह गरेको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ६ : ०० बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको