अमेरिकी दूतावासले भन्यो– लैङ्गिक हिंसाविरुद्धका क्रियाकलाप वर्षैभरी हुनुपर्छ « Khabarhub

अमेरिकी दूतावासले भन्यो– लैङ्गिक हिंसाविरुद्धका क्रियाकलाप वर्षैभरी हुनुपर्छ


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालस्थित अमेरिकी दूतावासले लैङ्गिक हिंसाविरुद्धका क्रियाकलापहरू बर्षैभरी जारी रहनुपर्ने बताएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै दूतावासले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यो बर्षको लागि सकिएको भएपनि समानता र लैङ्गिक हिंसाविरुद्धका क्रियाकलाप बर्षैभरी जारी रहनुपर्ने बताएको हो ।

दूतावासले यो बर्ष लैङ्गिक हिंसाविरुद्धको अभियान मनाउने क्रममा नेपालभरीका हाम्रा अमेरिकन स्पेशहरूले पनि स्थानीय रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको जनाएको छ । उसले लैङ्गिक हिंसा अन्त्यको तपाईले गर्नुभएको पहलका विषयमा समेत आफूहरुसँग बाड्न अनुरोध गरेको छ ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान मनाउँदै गर्दा केही महिनाअघि अमेरिकी दूतावास युवा परिषद् सदस्यहरूले अछामको साँफेबगरस्थित बाबलामा छाउपडी प्रथाबारे जनचेतना कार्यक्रमको समेत आयोजना गरेको थियो ।

छाउगोठमा महिलाको निधन भएको दु:खद् समाचार आउँदै गर्दा दूतावासले सम्बन्धित समुदाय, नागरिक समाज तथा सम्बन्धित सबै सरकारी गैरसरकारी निकायहरूलाई भविष्यमा यस्तो पीडा नदोहोरिने गरी काम गर्न आग्रह गरेको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ६ : ०० बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको