नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु « Khabarhub

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन सुरु गरिएको छ । गएराति १२ बजेदेखि लागू हुने गरी सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको दरअनुसार दस्तुर तिरेर मात्र आवतजावत गर्नुपर्ने व्यवस्था लागू भएको हो ।

नागढुङ्गा सुरुङमार्ग आयोजना प्रमुख इन्जिनियर सौजन्य नेपालका अनुसार सुरुङमार्ग प्रयोग गरी काठमाडौँ भित्रिने तथा बाहिरिने सबै सवारीसाधनले नेपाल राजपत्रमा प्रकाशित सवारी वर्गीकरणअनुसारको दस्तुर तिर्नुपर्नेछ ।

निर्धारित दरअनुसार साना कार, जिप, भ्यान तथा माइक्रोबसले काठमाडौँ भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै, ठूला सवारीसाधनले सुरुङमार्ग प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ दस्तुर बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

सुरुवाती चरणमा नगद तथा क्यूआर प्रणालीमार्फत दस्तुर भुक्तानी गर्न सकिनेछ । आगामी दिनमा आरएफआईडी कार्ड तथा ट्याग प्रणाली लागू गरी स्वचालित रूपमा दस्तुर भुक्तानी गर्ने व्यवस्था मिलाउने तयारी भइरहेको आयोजना प्रमुख नेपालले जानकारी दिए ।

सुरुङमार्गमा सेवा प्रदायकका कर्मचारीमार्फत दस्तुर संकलन गरिनेछ । यसरी संकलित रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ । दस्तुर संकलनको सञ्चालन तथा अनुगमन सडक बोर्ड नेपाल र सडक विभागले गर्नेछन् ।

सडक दस्तुर लागू भएसँगै नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको शुल्कअनुसार यात्रा गर्नुपर्ने भएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  १० : २९ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको