युभेन्ट्सको जीत, ह्याट्रिक गर्नबाट चुके रोनाल्डो « Khabarhub

युभेन्ट्सको जीत, ह्याट्रिक गर्नबाट चुके रोनाल्डो


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दा साविक विजेता युभेन्ट्सले इटालियन सिरी ए फुटबलमा जित निकालेको छ ।

आइतबार भएको खेलमा युभेन्ट्सले उडिनेसेलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दा लियोनार्दो बुनिचीले एक गोल गरे ।

उडिनेसेका इग्नासिया पुसेतो एक गोल फर्काए । पुसेतोको गोल अघि रोनाल्डोले ह्याट्रिक गर्ने अवसर सिर्जना गरेका थिए । तर उनले गरेको प्रहार गोलमा परिणत हुन सकेन ।

खेलको इन्जुरी समयमा पुसेतोले एक गोल फर्काएपनि युभेन्ट्स ३-१ ले विजयी भयो ।

जितसँगै युभेन्ट्स लिगको शीर्ष स्थानमा उक्लिएको छ । युभेन्ट्सले १६ खेलमा ३९ अंक जोडेको छ । १५ अंक जोडेको उडिनेसे लिगको १७ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ७ : २७ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध