धनगढीद्वारा विराटनगरसामू १ सय १८ रनको लक्ष्य प्रस्तुत « Khabarhub

धनगढीद्वारा विराटनगरसामू १ सय १८ रनको लक्ष्य प्रस्तुत


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरा प्रिमियर लिग (पीपीएल) मा एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई १ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

सोमबार बिहान पोखरा क्रिकेट मैदानमा भएको खेलमा धनगढीले निर्धारित २० ओभरको खेल खेल्दै ८ विकेट गुमाएर १सय१७रन बनायो ।

टस हारेर पहिलो ब्याटिङ गरेको धनगढीले ब्याटिङमा राम्रो सुरुवात गर्न नसक्दा सानो योगफलमा टुङ्गीएको हो ।

धनगढीका लागि कमलसिंह ऐरीले अन्तिम २ बलमा एक छक्का र एक चौका प्रहार गर्दै २६ रनको योगदान गरे । यस्तै, श्रीमन्थ विजयरत्नले सर्वाधिक २५ रन बनाए भने रेड्रिगो थोमसले १६ रन, सौरभ खनालले १२ र मञ्जीत श्रेष्ठले ११ रन बनाएका थिए ।

धनगढीविरुद्ध विराटनगरका सहाब आलमले ३ विकेट, नोमन खानले दुई विकेट लिए भने मोहम्मद जायद आलम, पुनित मेहरा र किशोर महतोले समान एक–एक विकेट लिए ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ११ : १३ बजे

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’

मोरङ– कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलवायु

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी

 तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

सुरुङ्गा– झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम

सोमबारदेखि ‘शून्य बाँकी फाइल अभियान’

काठमाडौं– सरकारी कार्यालयमा दर्ता भएका, सुरुआती टिप्पणीलगायत फाइल विभिन्न तह