रोमाञ्चक खेलमा धनगढी विजयी « Khabarhub

रोमाञ्चक खेलमा धनगढी विजयी


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) मा एक्सपर्ट धनगढी ब्लुजले सुखद् सुरुवात गरेको छ ।

पोखरा क्रिकेट मैदानमा भएको खेलमा धनगढीले विराटनगर टाइटन्सलाई ५ रनले पराजित गर्दै धनगढीले राम्रो सुरुवात गरेको हो ।

धनगढीले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको विराटनगले २० ओभर पुरा खेल्दा ९ विकेट गुमाएर १सय१२ रन मात्रै बनाउन सक्यो ।

खेलको अन्तिम ओभरमा विराटनगरका लागि १७ रन आवश्यक रहेको थियो । तर, बलिङमा धनगढीका कप्तान दिपेन्द्रसिंह ऐरी आएका थिए । उनले अन्तिम ओरभमा मात्रै९ रन खर्चेर २ विकेट लिँदा दबाबमा आएको विराटनगरका खेलाडी लक्ष्य पुरा गर्न चुके ।

विराटनगरले १ सय१२ रन बनाउँदा राजु रिजालले २५ रन बनाए, सुनिल धमलाले १८ रन, पुनित मेहराले १५ रन बनाए ।

विराटनगरविरुद्ध धनगढीका कप्तान ऐरीले ४ ओभर बलिङ गरेर १९ रन खर्चेर ३ विकेट लिए । यस्तै, सागर ढकालले २ विकेट, कमलसिंह ऐरी, अमित यादव र अनिल खरेलले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १सय१७रन बनाएको थियो । धनगढीका लागि कमलसिंह ऐरीले २६ रन, श्रीमन्थ विजयरत्नले २५ रन बनाए भने रेड्रिगो थोमसले १६ रन बनाएका थिए ।

धनगढीविरुद्ध विराटनगरका सहाब आलमले ३ विकेट, नोमन खानले दुई विकेट लिए भने मोहम्मद जायद आलम, पुनित मेहरा र किशोर महतोले समान एक–एक विकेट लिए ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  १ : १७ बजे

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ

आजको मौसम : तराईका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौं– हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा

ट्रम्पले ग्रीनल्याण्डमाथि धावा बोलेपछि फ्रान्सले भन्यो- इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ

पेरिस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको