ललितपुरमा आधारभूत स्वास्थ्य केन्द्र शुरु, ३५ औषधि नि:शुल्क « Khabarhub

ललितपुरमा आधारभूत स्वास्थ्य केन्द्र शुरु, ३५ औषधि नि:शुल्क


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर–ललितपुर महानगरपालिकाको अफलडोलका बसिन्दाले प्राथमिक उपचार सेवा आफ्नै वडामा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट पाउने भएका छन् ।

अफलडोलस्थित निर्माण गरिएको उक्त केन्द्रको आइतबार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । उक्त केन्द्रबाट ३५ किसिमका औषधिहरु निशुल्क प्राप्त गर्न सकिन्छ ।

बिहान १० बजेदेखि ४ बजेसम्म खुल्ने त्यस केन्द्रबाट बालबालिकालाई दिइने ११ वटा खोप, परिवार नियोजनका सेवा, क्षयरोगका औषधि लगायतका औषधि प्राप्त गर्न सकिन्छ ।

भवनको उद्घाटन गर्दै महानगर प्रमुख चिरीबाबु महर्जनले पुल्चोकको लाछीभित्र निशुल्क स्वास्थ्य केन्द्र संचालन गरेको स्मरण गरे । टोलमा कोही बिरामी भए पिठ्यूँमा बोकेर अस्पताल पुर्‍याएको झण्डै ४० वर्ष अघिका दिन सम्झँदै उनले भने ,‘त्यत्तिबेला अहिलेको जस्ता सजिला भर्‍याङ हुँदैन थिए , बिरामीलाई बोकेर अस्पताल पुर्‍याउनु पथ्र्यो, त्यत्ति मात्रै होइन, उपचार खर्च समेत जोहो गर्नुपथ्र्यो । ’

घर–घरमा पुगेर बिरामीलाई स्वास्थ्य परीक्षणका गर्न बोलाएको समेत उनले स्मरण गरे । स्वास्थ्य केन्द्रको उद्घाटन गर्न पाउँदा निकै खुशी लागेको उनले बताए ।

वडा नं ४का अध्यक्ष नारायण के सीले केन्द्रबाट वडाबासीले सक्दो लाभ लिन सक्ने बताउँदै पारिङ्गाली देवी आमा समूह लगायत सबैको प्रसंग गरे । केन्द्रले प्रदान गर्ने सेवा सुविधालार्ई चुस्त बनाउन हरक्षण सहयोग गर्ने बताए ।

जनस्वास्थ्य निरीक्षक डिल्ली के.सीले केन्द्रबाट ३५ किसिमका औषधि निशुल्क प्राप्त गर्न सकिने सकिने बताउँदै महंगा अस्पताल धाउनुपर्ने बाध्यताबाट वडाबासी मुक्त भएको बताए ।

महानगरका जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले प्राथमिकताका आधारमा विशेषज्ञ सेवा समेत ल्याइने बताइन् । वडावासीलाई आधारभूत स्वास्थ्य केन्द्रबाटसक्दो लाभ लिन सुझाव दिइन् ।

आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज सचिता गौतमले वडावासीलाई स्वस्थ राख्न यस केन्द्रको भूमिका महत्वपूर्ण हुने बताइन् । उनले केन्द्रबाट ३५ किसिमका औषधि निशुल्क पाउने बताउँदै गुणस्तरीय सेवा प्रदान हुनेमा विश्वस्त हुने वडावासीलाई आग्रह गरिन् ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  २ : १४ बजे

भेनिसमा प्रिमियर भएको चिनियाँ फिल्म निफमा

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पेमा छेडनद्वारा निर्देशित

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौं– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा विरोध प्रदर्शन

फोहरबाट मोहर : व्यासले कमायो १७ लाख

तनहुँ– व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा १७ लाख

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

तेहरान- इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी

मदिरा पिएरसवारी साधन हुइँक्याइरहेका नौ चालक कारबाहीमा

काठमाडौं– मदिरा पिएर सडकमा सवारी साधन हुइँक्याइरहेका नौ जना चालक