कैदीबन्दी भन्छन्– जेलभित्र सुत्ने ठाउँ भएन « Khabarhub

कैदीबन्दी भन्छन्– जेलभित्र सुत्ने ठाउँ भएन


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– जिल्ला कारागार स्याङ्जामा रहेका कैदीबन्दीले शौचालय, खानेपानीसँगै सुत्ने ठाउँका लागि समेत समस्या भएको बताएका छन् । कारागारमा क्षमताभन्दा कैदीबन्दीको सङ्ख्या बढी भएकाले शौचालयदेखि खानेपानीका साथै सुत्नसमेत समस्या भएको कारागारका प्रमुख चुडामणि भण्डारीले बताए । ५० जनाको क्षमता भएको कारागारमा हाल १५७ कैदीबन्दी राखिएको छ ।

कारागारमा कैदी जीवन बिताइरहेका दुर्गाप्रसाद चापागाईंले पानीको समस्याले गर्दा सरसफाइमा समेत समस्या परेको बताए । उनले भने, ‘यहाँ यति धेरै कैदीबन्दी छौँ, तर शौचालय जाँदा लाइन लगाएर बस्नुपर्ने बाध्यताले गर्दा निकै समस्या भएको छ ।’ शौचालय जानका लागि एक घण्टासम्म पालो कुर्नुपर्ने हुन्छ ।

अर्का कैदीबन्दी दिनेश गुरुङले भने, ‘कारागारमा आफूहरुले धेरै समस्या भोग्दै आएका छौँ, पानी र शौचालयका साथै सुत्ने ठाउँको अभावले गर्दा पालैपालो सुत्नुपर्ने अवस्था छ ।’

कारागार प्रमुख भण्डारीले कारागारको साँघुरो संरचना र कैदीको सङ्ख्या बढी भएकाले विभिन्न प्रकारका समस्या आउने गरेका र आफूले कारागारको अवस्थाका बारेमा सम्बन्धित निकायमा जानकारी गराए पनि समस्याको समाधान हुन नसकेको बताए ।

उनले कैदीबन्दी बिरामी हुँदासमेत सवारीसाधनको अभावमा समयमै उपचारका लागि लैजान समस्या हुने गरेको बताए ।

कारागारमा रहेका कैदीबन्दीले बेलाबेलामा अनुगमनका लागि भनेर धेरै मानिस आउने गरे पनि आफूहरुको समस्याको समाधान नभएको गुनासो गरेका छन् ।

कारागारमा ३५ पुरुष र १० महिला गरी ५० को क्षमता भए पनि हाल ११ महिला र १४६ पुरुष गरी १५७ कैदीबन्दी रहेका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  २ : ३७ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको