घुससहित पक्राउ परेका मालपोत अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

घुससहित पक्राउ परेका मालपोत अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदा लिँदै पक्राउ परेका भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका निमित्त प्रमुख मालपोत अधिकृत रामबाबु मण्डलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उच्च अदालत जनकपुरको राजविराज इजलाशको पुनरावेदनमा विचाराधीन रहेको मुद्दाका लागि आवश्यक पर्ने कागजात उपलब्ध गराइदिने बहानामा लिएको ५ लाख घुससहित अख्तियारले मण्डललाई पक्राउ गरेको थियो ।

घुस लिँदा लिँदै पक्राउ परेका मण्डलमाथि आवश्यक अनुसन्धान पछि सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

अख्तियारले मण्डलविरुद्ध ५ लाख रुपैयाँ बिगो कायम गर्दै बिगोअनुसार जरिवाना र १ वर्ष ६ महिना कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ३ : १० बजे

१० हजार बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

काठमाडौं– अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र

परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट

काठमाडौं–  परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जर्मनीका राजदूत उडो

सुजनले चौथोपटक छेडे जिब्रो

काठमाडौं– भक्तपुरको मध्यपुरथिमिस्थीत बोडेमा जिब्रो छेड्ने जात्रा बुधबार मनाइएको छ

कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व उर्जा मन्त्री दीपक खड्कालाई

लेबनान संकटप्रति १० देशद्वारा चिन्ता व्यक्त, सहायताकर्मीको सुरक्षामा जोड

एजेन्सी– अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, कोलम्बिया, इन्डोनेसिया, जापान, जोर्डन, सिएरा लियोन,