लेबनान संकटप्रति १० देशद्वारा चिन्ता व्यक्त, सहायताकर्मीको सुरक्षामा जोड « Khabarhub

लेबनान संकटप्रति १० देशद्वारा चिन्ता व्यक्त, सहायताकर्मीको सुरक्षामा जोड


२ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, कोलम्बिया, इन्डोनेसिया, जापान, जोर्डन, सिएरा लियोन, स्विजरल्याण्ड र बेलायत लगायत १० देशहरूले लेबनानमा बढ्दो विस्थापन र मानवीय संकटप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

सयुक्त विज्ञप्ति जारी गर्दै देशहरूले युद्धले लेबनानमा मानवीय अवस्था र विस्थापन संकट वढाएको उल्लेख गर्दै यस क्षेत्रमा तत्काल शत्रुता अन्त्य गर्न आग्रह गरेका हुन । अमेरिका, इजरायल र इरानबीच सहमति भएको युद्धविरामलाई स्वागत गर्न आतुर रहेको उल्लेख गर्दै उनीहरूले लेबनानमा शत्रुता तत्काल अन्त्य गर्न आह्वान गरेका छन् । 

उनीहरुले जारी द्वन्द्वको बीचमा नागरिक र पूर्वाधारको रक्षा गर्नपर्ने कुरामा जोड दिदै यस क्षेत्रमा काम गर्ने मानवीय कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक रहेको बताएका छन् ।

मानव मर्यादाको रक्षा गर्न, नागरिक क्षति कम गर्न र निरन्तर मानवीय पहुँच सुनिश्चित गर्न अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना आवश्यक रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

देशहरूले दक्षिणी लेबनानमा मानवीय कार्यकर्ताहरूले सामना गर्ने जोखिमहरू उल्लेखनीय रूपमा बढेको चेतावनीसमेत दिएका छन् ।

हस्ताक्षरकर्ताहरूले सन् २०२३ सेप्टेम्बरमा १०० भन्दा बढी देशहरूले द्वन्द्व क्षेत्रमा मानवीय कामदारहरूको सुरक्षालाई सुदृढ पार्ने उद्देश्यले सुरु गरेको घोषणापत्रलाई पनि उल्लेख गरेका छन् । अरूको जीवन बचाउन काम गर्नेहरूले आफ्नै बलिदान गर्न नपरोस् भन्ने सुनिश्चित गर्न मिलेर काम गरिरहने विज्ञप्तिमा जनाइएको छ ।

लेबनानमा इजरायल र हेजबुल्लाहबिचको सीमापार झडपका कारण लेबनानमा संयुक्त राष्ट्रको अन्तरिम बल (युनिफिल) का कर्मचारीहरू मारिएको खबर पछि विज्ञप्ति आएको हो ।

युनिफिलको मिसन र फोर्स कमान्डरको द्रुत र प्रत्यक्ष हस्तक्षेप पछि, यसको सम्पर्क शाखा सहित, शान्तिरक्षकलाई एक घण्टा भित्रै रिहा गरिएको थियो । 

संयुक्त राष्ट्रसङ्घका शान्तिरक्षकको कुनै पनि नजरबन्द अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको उल्लेख गर्दै शान्तिरक्षकहरूको कर्तव्यमा कुनै पनि अवरोध गर्नु राष्ट्रसङ्घको प्रस्ताव– १७०१ को उल्लङ्घन भएको जनाएका छन् । 

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ३ : ४४ बजे

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन– जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी) सङ्क्रमित

मतभेद र असन्तुष्टिलाई संवादबाट समाधान गरिनुपर्छ : नेता निधि

महेन्द्रनगर– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र देखिएका मतभेद र

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३-८४ मा एक

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम

तेह्रथुम– म्याङलुङ नगरपालिकाले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका

कोशी प्रदेशसभा : आर्थिक सर्वेक्षण पेस

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारका आर्थिक मामिला